back
NMB ad

सेयर बजारले नयाँ रेकर्ड कायम गर्ने क्रम कायमै, बीमा कम्पनीको आकर्षले बजारमा दोहोरो अंकको सुधार

Kumari bank ad

काठमाडौं । सेयर बजारले लगातार आफ्नो नयाँ नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ ।

बजारले आफ्नो रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड बनाउने क्रममा अहिलेसम्मकै उच्च ३०९४.९५ बिन्दुमा पुगेको छ । बुधबारको कारोबारमा बजार मापन गर्ने नेप्से सूचक १५.३० अंकले बढेको छ ।

२१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँको सेयर किनबेच भएको छ ।
बुधबारको कारोबारमा निकै उतार चढावकाबीच बजारले नयाँ गति लिएको छ । यो दिन अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ ।

बैंकिङ समूहको १८.४५, जलविद्युत ४८.२७, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३७.३ अंकले घट्दा विकास बैंक ४८.३६, होटल तथा टुरिजम २५७.७१, वित्त कम्पनीको ७०.१६, निर्जीबन बीमा ४४९.५६, जीवन बीमा ४३१.३८, माइक्रोफाइनान्स समूहको उपसूचकमा ३७.२४ अंकको बढोत्तरी देखिएको छ ।

यो दिन बीमा समूहको उपसूचकमा सुधार देखिँदा बजारको बढोत्तरीमा साथ पुगेको छ । बुधबार यूनाइटेड मोदी हाईड्रोपावरको ३८ करोड ६१ लाख ४७ हजार ८१८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेशलन हाईड्रोपावर र अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

वि.सं.२०७८ साउन १३ बुधवार १५:०७ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...