back
NMB ad

फेरि आन्दोलनको तयारीमा सर्लाहीका उखु किसान, बाँकी रकम भुक्तानी गर्न भदौ ५ गतेसम्मको अल्टिमेटम

Kumari bank ad

काठमाडौं । सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा जुटेका हुन् ।

आज (बिहीबार) रिपार्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरुले चिनी उद्योगसँग लिन बाँकी भुक्तानी अझैसम्मपनि नपाएको गुनासो गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले पहिला सरकारलाई आफूहरुको अवस्थाबारे अवगत गराउने र आगामी भदौ ५ गतेसम्म सम्पुर्ण भुक्तानी नगरे आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

मिश्रले उद्योग मन्त्रालयसँग २१ दिनभित्र सम्पुर्ण बाँकी बक्यौता रकम मन्त्रालयले भुक्तानी गराउने भनी २०७७ पुस १३ गते पाँचबुँदे सहमति भएपनि हालसम्म आफूहरुले सम्पूर्ण भुक्तानी नपाएको गुनासो गर्नुभयो । सरकारको उदासिनताका कारण आफूहरु अन्यायमा परेको उहाँको भनाई छ ।

मिश्रले विगत तीन/चार वर्षदेखिकै करिब ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दापनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा जुटिसकेको स्पष्ट पार्नुभयो । उहाँले अहिलेसम्म २०७४ कै भुक्तानी रकम नपाएको बताउनुभयो ।

उहाँले उखु किसानहरुले दाबी गरेको ९० करोड मध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रलायले विवादित भनी कार्यदलले प्रतिवेदनमार्फत छिनोफानो गर्ने भनिएपनि यसबारेमा मन्त्रालयले चासो नदिएको आरोप लगाउनुभयो ।

सरकारबाट पटक–पटक आश्वासन पाएपनि अहिलेसम्म भुक्तानी हुन नसकेपछि किसानहरु कोरोना महामारीको बावजुद पनि फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौँ आएको मिश्रले बताउनुभयो ।

उहाँले ३६ प्रतिशत रकम ब्याजमा लिएर अर्काको जग्गामा उखु खेती गर्नेहरुको उठिबास भएको बताउनुभयो । ‘निमुखा किसानहरुको बिजोग भएको छ । केही दिनअघि एक किसानलाई बैंकले लिलामीको सुचना पठाएपछि चन्दा उठाएर काम सल्टाउँदा पनि किसानको पैसा नदिदा दुःख लागेको छ, मिश्रले भन्नुभयो ।’

ऋण लिएर उखुखेती गरेका किसानहरु थप मारमा परेको उहाँको भनाई थियो । ‘किसानका लागि योभन्दा ठूलो अत्याचार के हुनसक्छ ?’–उहाँले भन्नुभयो । उहाँले भुक्तानीको पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौँ धाउनुपरेको समेत स्मरण गराउनुभयो ।

विगतकै भुक्तानी नभएपछि सर्लाहीका पाँच किसान फेरि काठमाडौँ आएका हुन् । उखु किसान २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् ।

किसानको भुक्तानी नदिने मिलहरुमा अन्नपूर्ण चिनी मिल धनकौल, महालक्ष्मी चिनी मिल बगदह, लुम्बिनी चिनी कारखाना नवलपरासी, ईन्दिरा सुगर मिल नवलपरासी र श्रीराम सुगर मिल रौतहट रहेका छन् ।

मिलबाट सरकारले उखु किसानको लागि १५ करोड रुपैयाँ उठाईदिने कबुल गरेको भएपनि अहिलेसम्म एक रुपैयाँपनि नउठाईदिएको उनीहरुको गुनासो छ ।

वि.सं.२०७८ साउन १४ बिहीवार १७:०६ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...