back
NMB ad

९१ % जनसंख्या इन्टरनेटको पहुँचमा, कतिले प्रयोग गर्छन फोरजी ?

Kumari bank ad

काठमाडौं । नेपालमा कुल जनसंख्याको ९१.५५ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २ करोड ७७ लाख ६ हजार ७११ जना नेपालीको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । जसमा नेपाल टेलिकमको १ करोड ३८ लाख ६८ हजार ३५८, एनसेलको ७२ लाख ६७ हजार ३२० जना र स्मार्ट टेलिकमको १ लाख ५१ हजार ७१५ जना ग्राहकले इन्टरनेटको प्रयोग गरिरहेका छन् ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म ७६ लाख ६४ हजार ३५९ जनाले फोरजी प्रयोग गरिरहेका छन् । नेपालमा तीन वटा कम्पनीले फोरजी सेवा दिइरहेका छन् । जसमा सबैभन्दा बढी एनसेलका ग्राहक रहेका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम दोस्रो स्थानमा रहेको छ र भने स्मार्ट टेलिकम तेस्रो स्थानमा रहेको छ ।

७६ लाख ६४ हजार ३६९ जनाले फोरजी प्रयोग गर्दा बढी हिस्सा एनेसेलको रहेको छ । प्राधिकरणका अनुसार ४८ लाख ५ हजार २१५ जना ग्राहकले एनसेलको फोरजी प्रयोग गरिरहेका छन् । नेपाल टेलिकमको फोरजी प्रयोग गर्ने ग्राहक २७ लाख ७ हजार ४२९ जना रहेका छन् भने मार्ट टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या १ लाख ५१ हजार ७१५ जना पुगेका छन् ।

प्राधिकरणका अनुसार जेठ मसान्तसम्ममा १ करोड २० लाख ५२ हजार ६७५ जनाको पहुँचमा थ्रिजी इन्टरनेट सेवा पुगेको छ । जसमा सबैभन्दा बढी हिस्सा नेपाल टेलिकमको रहेको छ । टेलिकमको ९५ लाख ९० हजार ५७० र एनसेलको २४ लाख ६२ हजार प्रयोगकर्ता रहेका छन् ।

वि.सं.२०७८ साउन १५ शुक्रवार १७:४६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...