back
NMB ad

बोर्डका अध्यक्ष ढुंगानाको भ्रष्टाचार र सर्वोत्तमको सेयर प्रकरणः पद जोगाउन नेप्सेका सिइओलाई हतियार बनाउँदै

Kumari bank ad

काठमाडौं । करोडौ भ्रष्टाचार गरेको र धितोपत्र बोर्डको अध्यक्ष भएर पदिय दुरुपयोग गर्दै सेयर किनेका अध्यक्ष भिष्मराज ढुंगाना नेप्सेका सिइओलाई हतियार बनाएर पद जोगाउने दाउमा लाग्नुभएको छ ।

बुक बिल्डिङ विधि मार्फत सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा किनेका अध्यक्ष ढुंगानाले अहिले आफु बच्नको लागि नेप्सेका सिइओ चन्द्रसिंह साउदलाई हतियार बनाउनु भएको हो ।

नेप्सेका सिइओ साउदले पनि ण्एकाघरका परिवारको सदस्यको नाममा सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर पदिय दुरुपयोग गर्दैै किनेका कारण अहिले ढुंगानालाई सजिलो भएको हो । पदियोग दुरुपयोग गर्र्दै बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेमा सिइओ साउदले सेयर किनेको पाइएको छ ।

अहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेप्सेमा पुनः ४ वर्षे कार्यकाल थप्ने तयारीमा रहेका सिइओ साउदलाई सर्वोत्तम सिमेन्टको सेयर निकै भारी भएको छ । साउद यसअघि पनि नेपाली काँग्रेसको कोटामा नै नेप्सेको सिइओ बन्नुभएको थियो । साउदलाई २०७४ साल असोज २३ गते तत्कालिन देउवा नेतृत्वको सरकारले सिइओमा नियुक्त गरेको थियो ।

साउदले आफूलाई काँग्रेस समर्थित हो भन्दै नेप्सेको सिइओ बनेपनि उनी तत्कालिन समयमा डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका थिए । २०७३ साल साउन २६ गते नयाँ शक्ति पार्टीका नेता जनक राज शाहले सामाजिक सञ्जालनमा ‘बीमा क्षेत्रमा लामो समयसम्म संलग्न सुदुरपश्चिम बैतडी निवासी नेपाल इन्स्योरेन्सका निवर्तमान प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद नयाँ शक्ति पार्टी नेपालमा आबद्ध हुनुभएकोमा बधाई तथा शुभकामना !’ भन्दै पार्टीमा स्वागत गर्नु भएको थियो । उक्त तस्विरमा पार्टी सदस्यता लिएको देखिएको छ ।

साउदले नयाँ शक्ति पार्टीमा प्रवेश गरेको १ वर्षपछि आफू काँग्रेस भएको भन्दै सिइओ पद पाउनु भएको थियो । उहाँ तत्कालिन समयमा नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेपनि अहिले भने परिपक्व काँग्रेस नै मानिनुहुन्छ । त्यही भएर नेप्सेको सिइओमा पुनः कार्यकाल थप्ने तयारीमा रहनु भएको थियो ।

अहिले बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका सिइओ साउदले पदिय दुरुपयोग गर्दै सेयर किन्न थालेपछि दुवै जनालाई पद जोगाउन समस्या सृजना भएको छ । ढुंगाना राष्ट्रपति विद्यादेवी भण्डारीको ठाडो निर्देशनमा नियुक्त भएको भएर आफूलाई एमाले ठान्ने र साउदलाई तत्कालिन समयमा काँगेसले नियुक्ती दिएको भएर काँग्रेस ठाँनिएको छ ।

ढुंगानाले केपी शर्मा ओली नेतृत्वको सरकार हटेर देउवा नेतृत्वको सरकार बनेपछि ढुंगाना आफूलाई बचाउन सहयोग गर्न साउदको पछि लाग्नु भएको छ । अध्यक्ष ढुंगाना र सिइओ साउदको एक पछि अर्को पदिय दुरुपयोगको घटना आइरहेको बेला सरकारले कारबाही नै गर्ने हो वा तीन दिने स्पष्टिकरण सोधेर टार्ने हो ? सबैको लागि यो प्रतिक्षाको विषय बनेको छ । ढुंगाना मात्रै विवादमा तानिएका थिए भने सरकारले कारबाही थियो र काँग्रेसले नै सिइओ बनाएको भएर कारबाही नहुने सम्भावना रहेको जानकारहरुको आँकलन छ ।

पछिल्लो समय साउदले पुन नेप्सेमा नै सिइओ बन्नको लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको किचेन भित्रकै मान्छेलाई मायाको चिनो सम्झनासहित भेटदै हिँडेको थाहा पाएर ढुंगाना पनि साउदको पछि लाग्न पाएदेखी आफू पनि बच्न सफल हुने थिएकी भनेर उहाँकै पछि लागेको दुवै निकट स्रोतको दाबी छ । पछिल्लो समय सरकारले पनि साउदलाई कारबाही गर्न आँट गर्ने हो वा होइन सबैमा प्रश्न रहेको छ ।

साउदलाई कारबाही भएको खण्डमा बोर्डका अध्यक्ष ढुंगानाको पद पनि धरापमा पर्ने र साउदलाई कारबाही नभएको खण्डमा मैले मात्रै ऐन मिचेको होर ? मलाई मात्रै कारबाही गर्ने ? भन्दै विवाद ल्याएर आफू सुरक्षित हुने दाउमा साउदलाई बोकेर हिँडेका छन् ।

यता नेप्सेमा सिइओ साउद भने आफ्ना नजिकका मान्छेलाई सर्वोत्तमको केसमा बोर्ड अध्यक्षले आफूलाई फसाएको भन्दै हिँडेका छन् । कानूनको प्रवाह नगरी सिमेन्टको सेयर किन्न लाग्दा पुनः सिइओ बन्ने सपना पुरा नहुने हो की भन्ने चिन्ता लिएर हिँडेको उहाँ निकट स्रोतको भनाई छ । अहिले साउद आफु कारबाही बाट बच्न र पुनः नेप्सेको सिइओ बन्नको लागि बालुवाटार वरिपरी घुम्न थालेको निकट स्रोतको भनाई छ ।

वि.सं.२०७८ साउन १७ आइतवार १८:४५ मा प्रकाशित

You can share this post!

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...