back
NMB ad

फेससिल्ड र स्यानिटाइजर आयात गर्दा १ अर्ब बढी बाहिरियो !

Kumari bank ad

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीको असर नेपालमा पनि परेको छ । जसका कारण गत आर्थिक वर्षमा नेपालमा फेससिल्ड र स्यानिटाइजरको आयात निकै बढेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालमा १ अर्ब ७ करोड ७० लाख ८४ हजार रुपैयाँको फेससिल्ड र स्यानिटाइजर आयात भएको छ । विभागका अनुसार १ वर्षको अवधिमा ६५ करोड १३ लाख ४९ हजार रुपैयाँको स्यानिटाइजर र ४२ करोड ५७ लाख ३५ हजार रुपैयाँको फेससिल्ड आयात भएको छ ।

फेससिल्ड र स्यानिटाइजर आयात हुँदा राज्यले १४ करोड ८९ लाख ६ हजार रुपैयाँ राजस्व पाएको छ । जसमा ठूलो हिस्सा स्यानिटाइजरको रहेको छ । गत आर्थिक वर्षमा स्यानिटाइजर आयात गर्दा राज्यले १२ करोड ३८ लाख ३१ हजार रुपैयाँ राजस्व लिएको छ भने फेससिल्ड आयातबाट २ करोड ५० लाख ७५ हजार रुपैयाँ मात्रै राजस्व पाएको छ ।

विभागका अनुसार १५ वटा देशबाट २० लाख ९६ हजार ७२ किलो स्यानिटाइजर आयात भएकोमा सबैभन्दा बढी भारतबाट आयात भएको छ । एक आर्थिक वर्षको अवधिमा भारतबाट मात्रै ४९ करोड १४ लाख ८२ हजार रुपैयाँको स्यानिटाइजर आयात भएको छ । नेपालमा बढी स्यानिटाइज आउने देशमा चीन दोस्रो स्थानमा रहेको छ । चीनबाट १२ करोड ७ लाख ५३ हजार रुपैयाँको स्यानिटाइरज आयात भएको छ ।

यस्तै बंगलादेश, कोरिया, मलेसिया, भियतनाम, यूनाइटेड अरब इमिरेट्स, बंगलादेश, इटाली लगायतका देशबाट आयात भएको छ ।

यस्तै यो अवधिमा ४२ करोड ३४ लाख ४१ हजार रुपैयाँ ८५ लाख ८५ हजार १०६ पिस फेससिल्ड आयात भएको छ ।
नेपालमा फेससिल्ड बढी भारत, चीनबाट आायात हुने गरेको छ । त्यस्तै आयरल्याण्ड, डेनमार्क, जापान, यूएई, थाइल्याण्ड, अमेरिका लगायतका देशबाट आयात भएको छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १२:३६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...