back
NMB ad

सेयर बजारमा रेकर्ड बन्नेक्रम जारी, केले तान्यो लगानीकर्तालाई ?

Kumari bank ad

काठमाडौं । सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको कारोबारमा बजार मापन गर्ने सूचक २६.०२ अंकले बढेर ३१११.०९ बिन्दुमा रोकिएको छ । पुँजी बजारमा नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

२२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँमा किनबेच भएको छ ।
केही समय यता सामान्य उतार चढाव भएको बजारमा मंगलबार दोहोरो अंकको बढोत्तरी देखिएको छ । साउन पहिलो साता आउनु पर्ने मौद्रिक नीति अझैसम्म नआएको र बजारको विषयमा चल्ने विभिन्न हल्लाका कारण बजार सामान्य करेक्सनमा चलिरहेको थियो ।

मौद्रिक नीतिको विषयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नै प्रष्ट धारणा राखेको, राष्ट्र बैंकको स्वायत्ततामा अर्थ मन्त्रालयले कुनै हस्तक्षेप नगरेको, मौद्रिक नीतिमा पनि कुनै अवरोध नगरेको जस्ता धारणा बाहिर आएपछि लगानीकर्तामा आत्मबल बढेको देखिएको छ । जसले गर्दा बजार बढन सहयोग गरेको जानकारहरुको भनाई छ ।

यो दिन कारोबार रकमको आधारमा अपी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ४६ करोड ८२ लाख ९० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नाग्दी ग्रुप पावर र फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक रहेका छन् ।

वि.सं.२०७८ साउन १९ मंगलवार १५:११ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...