back
NMB ad

१०१ प्रतिशतले बढ्यो जीवन विकास लघुवित्तको नाफा, अन्य सूचकमा के देखियो छलाङ ?

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले नाफामा उल्लेखीय सुधार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा करिव ६९ करोड बढी नाफा कमाएको छ ।

बिहीवार कम्पनीले सार्वजनिक गरेको गत आव २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्थाको तथ्याङ्क अनुसार ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९६ प्रतिशत अर्थात दोब्बर वृद्धि भएको हो । उक्त अवधिमा कम्पनीले ३४ करोड १४ लाख २३ हजार रुपैयाँ नामा आर्जन गरेको थियो ।

कम्पनीले गत आवको खुद ब्याज आम्दानी १ अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा ६७ करोड १७ लाख १६ हजार रुपैयाँ खराव कर्जा उठाउन सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने १० करोड २ लाख १० हजार रुपैयाँ खराब कर्जा उठाएको थियो ।

कम्पनीको चुक्तापुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा भने १ अर्ब ३० करोड ९४ लाख ७ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा शून्य दशमलव २९ प्रतिशत रहेको खराब कर्जा गत वर्षको सोही अवधिमा वृद्धि भई शून्य दशमलव ६१ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११३ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ ३१५ रुपैयाँ २२ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार १०:२७ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...