back
NMB ad

२२३ प्रतिशतले बढ्यो निर्धन उत्थान लघुवित्तको नाफा, उठायो ४ अर्ब बढी खराब कर्जा

Kumari bank ad

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले उक्त अवधिमा ९१ करोड ९१ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २२३.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २८ करोड ४३ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीले खुद ब्याज आम्दानी ४३.५३ प्रतिशतले बढाएर २ अर्ब १४ करोड ३३ लाख ४० हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।

अघिल्लो आवमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ४९ करोड ३२ लाख ३८ हजार रुपैयाँ रहेको थियो । गत वर्ष कम्पनीले ४ अर्ब २६ करोड २३ लाख २३ हजार रुपैयाँ खराज कर्जा उठाएको छ ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २ अर्ब ८० करोड १० लाख ४६ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको निष्क्रिय कर्जामा भने बढोत्तरी देखिएको छ । अघिल्लो आवको चौथो त्रैमासमा १.८३ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्षको सोही अवधिमा आईपुग्दा बढेर ४.११ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ २५ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार १२:१९ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...