काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीले सेयर मूल्य प्रतिकित्ता १५० रुपैयाँ ६० पैसाले वृद्धि भई १ हजार ६५६ रुपैयाँ ८० पैसा पुगेको हो ।
यो संगै यूनियन लाइफ इन्स्योरेन्सको सेयर ९.९९ प्रतिशत, नेपाल फाइनान्सको ९.९९ प्रतिशत, ङादी ग्रुप पावरको ९.९९ र अपि पावर कम्पनीको ९.४२ प्रतिशतले वृद्धि भएको हो ।
वि.सं.२०७८ साउन २४ आइतवार १२:३० मा प्रकाशित