back
NMB ad

चन्द्रागिरी हिल्सको अधिकांश वित्तीय सूचक ऋणात्मक, करिब साढे २५ करोड नोक्सानमा

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा चन्द्रागिरी हिल्सले १४ करोड ७२ लाख २६ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । सोमबार कम्पनीले सार्वजनिक गरेको गत वर्षको वित्तीय अवस्थाले यस्तो देखाएको हो ।

चन्द्रागिरी गत आवमा २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नोक्सानी १३८.०८ प्रतिशतले बढेको हो । कम्पनी अघिल्लो आवमा १० करोड ६६ लाख १६ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोष पनि नोक्सानीमा देखिएको छ । अघिल्लो आवमा १३ करोड ९७ लाख १७ हजार रहेको उक्त कोषमा नोक्सानी गत वर्ष बढेर ३९ करोड ३५ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको संचालन मुनाफा पनि घटेको छ । गत वर्ष कम्पनीको संचालनमा मुनाफा १९ करोड १५ लाख ५ हजार रुपैयाँले घटेको हो । अघिल्लो आवको चौथो त्रैमासमा ४३ करोड ३० लाख ८३ हजार रुपैयाँ संचालन मुनाफ रहेको कम्पनीको गत वर्ष भने २२ करोड १५ लाख ७८ हजार रुपैयाँमा झरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ५५ पैसा ऋणात्मक देखिएको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार ११:०५ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...