back
NMB ad

आयोगको खारेजीले १७ लाख बढी भुमिहिन तथा सिमान्तकृत किसानहरु निराश

Kumari bank ad

काठमाडौं । राष्ट्रिय कृषक समूह महासंघ नेपालले अविलम्ब लक्षित समूदायको समेत प्रतिनिधित्व रहने गरि सर्वपक्षीय भुमि सम्वन्धि समस्या समाधान आयोग गठन गर्न जोडदार माग गरेको छ ।

महासंघले एक विज्ञप्ति निकाल्दै अघिल्ला आयोगहरुले गरेका सकरात्मक कामलाई स्वामित्व लिँदै भुमि सम्वन्धी समस्या समाधानका सवाललाई राजनीति भन्दा माथि राखि काम गर्ने वातावरण सृजना गर्न माग गरेको हो ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, – ‘भुमि सम्वन्धि समस्या समाधान आयोगको खारेजीले १७ लाख भन्दा बढी भुमिहिन तथा सिमान्तकृत किसानहरु निराश भएका छन् । वर्गीय मुद्दालाई राजनीतिक चेपुवामा पार्दै समस्या अनन्त कालसम्म समाधान नहुने दिशातर्फ उन्मुख गराईनु उचित होइन । भुमि समस्या समाधान गर्ने नाममा १५ वटा आयोग गठन तथा विघटन गरिए । समस्या समाधान गर्न भन्दा पनि राजनीतिकरण मात्र गरिने अभ्यास दोहोरिने गरेको भुमिहिन तथा सिमान्त किसानहरुले महशुस गरेका छन् ।’

पुस्तौंदेखि भुमि सम्वन्धी समस्या भोगिरहेका भुमिहिन दलित, गोचलनमा रहेको जग्गाको स्वामित्व नपाएका वास्तिवक पिडित, भुक्तभोगिहरुलाई सरकारका नियुक्ति फेरबदलसंग मतलव नहुने महासंले जनाएको छ ।

महासंघले सिमान्त, भुमिहिन, महिला र साना किसानका समूहलाई संगठित गर्दै उक्त वर्गको हक अधिकार सुनिश्चिताको अभियान संचालन गर्दै आएको छ ।

विगत १० वर्षदेखि कृषक समूह, पशुसेवा समूह एवं कृषि सहकारीहरुलाई वडा, पालिका, जिल्ला, प्रदेश र संघीय तहमा तहगत संरचनामार्फत सेवा गर्दै आएको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १२:४६ मा प्रकाशित

You can share this post!

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...