back
NMB ad

सात कम्पनी जसले आज सेयर बजारलाई १५४६ अंकमा लगे

Kumari bank ad

काठमाण्डौं । नेप्से परिसूचक आज १५.३१ अंकले बढेको छ भने यसलाई उचाईमा लैजान सात कम्पनीले महत्वपूर्ण भूमिका खेलेका छन् । ती सात कम्पनीको सेयरले बजारमा उक्लिदा नेप्से १५४६ अंकमा चुलिन पुगेको हो ।

वमी माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, ओम डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्न पुग्दा नेप्से परिसूचक पनि अगाडि बढेको हो ।

आज दिनभरमा एक अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसमा बंगलादेश बैंकको सेयर कारोबारले प्रमुख भूमिका निर्वाह गरेको छ । यो बैंकको मात्रै १४ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भयो । यो बैंकले हकप्रद दिने हल्ला चलेपछि बजार तातेको हो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको पनि १३ करोड नौ लाख रुपैयाँको सेयर किनबेच भयो । त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सको १२ करोड रुपैयाँको सेयर किनबेच भयो ।

२६ जेठ २०७३, ३.३०

वि.सं.२०७३ जेठ २६ बुधवार १६:३८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...