back
NMB ad

स्मार्टफोनको बजार विस्तारमा रियलमीले राख्यो नयाँ रेकर्ड

Kumari bank ad

काठमाडौं ।  प्रविधिबजार अध्ययनफर्म क्यानालिसले गरेको माग र ढुवानीका अध्ययन अनुसार रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष ५ स्मार्टफोन ब्राण्ड भित्रपर्न सफल भएको छ ।

स्थापनाको केवल ३७ महिनामै रियलमीले विश्वभर १० करोड स्मार्टफोन ढुवानीको लक्ष्य पूरा गरी स्मार्टफोनको क्षेत्रमा तीव्र बजार विस्तार गरेर नयाँ रेकर्ड बनाएको छ ।

यो तीन वर्षिय कम्पनीको लागि नयाँ रेकर्ड हो । यसैगरी भारतको नम्बर वन फाइभजी स्मार्टफोन ब्राण्डका रुपमा स्थापित गरी भारतमा ५ करोड स्मार्टफोन ढुवानी गर्ने पहिलो स्मार्टफोन रियलमी बनेको छ, यो स्मार्टफोन क्षेत्रकै नयाँ उपलब्धि हो ।

फाइभजी विस्तारका क्षेत्रमा आक्रामक रियलमीे २०२१ को दोस्रो क्वाटरमा भारतीय स्मार्टफोन बजारको क्षेत्रमा २२ प्रतिशत हिस्सा ओगटेको छ । उक्त अवधिमा १४० प्रतिशतले बजार विस्तार गर्दै रियलमी भारतको चौथोँ ठूलो स्मार्टफोन बन्न सफलभएको छ ।

क्यानालिसको विश्वभर स्मार्टफोन ढुवानीको रिपोर्टअनुसार फिलिपिन्स बजारमा रियलमी पहिलो नम्बरमा रहेको छ । त्यसे गरी बंगलादेशमा पनि रियलमीले पहिलो पटक नेतृत्वदायी स्थानमा उभाएको छ, जुन स्थान हासिल गर्न सन् २०२० मा बजार प्रवेश गरे लगत्तै सुरुवाती केवल ५ क्वाटर समय लगाएको हो ।

यो क्वाटर यूरोपको बजारमा सफलता प्राप्त गर्न रियलमीका लागि उपयुक्त समय रह्यो, किनभने १२८२ % वार्षिक बजार वृद्धि गर्दै ढुवानीका हिसाबले यूरोपमा स्मार्टफोन पठाउने शीर्ष ५ भित्र रियलमी पर्न सफल भएको छ । साथै यो कम्पनी पहिलोपटक स्लोभियामा दोस्रो, रसिया र पोल्याण्डमा तेस्रो र इटलीमा पाँचौँ स्थानमा पर्न सफल भएको छ ।

‘यही अगस्ट महिनामा हामीले कम्पनीको तेस्रो वार्षिकोत्सव मनाउदै गर्दा विश्वभर स्मार्टफोन बजारमा बलियो स्थानमा  स्थापित गरेकोमा हामी खुसी छौँ,’ रियलमीका उपाध्यक्ष समेत रहेका नेपाल, भारत तथा यूरोपका लागि प्रमुख कार्यकारी अधिकृत माधव शेठले बताउनुभयो । भन्नुभयो,- ‘चुनौतीका साथ हामी हाम्रा उपभोक्तालाई सुलभ मूल्यमा उच्च स्तरको स्टाइलिस स्मार्टफोन उपलब्ध गराउनमा प्रतिवद्ध छौँ ।’

क्यानालिस रिपोर्टकाअनुसार ढुवानीका हिसाबले फिलिपिन्स, बंगलादेश, स्लोभेनिया, पोल्याण्ड, रसिया, कम्बोडिया, चेक रिपब्लिक, भारत, इन्डोनेसिया, ईजीप्ट, ग्रिस, इजरायल, इटली, मलेसिया, म्यानमार, नेपाल, सिङ्गापुर र थाइल्याण्डमा शीर्ष ५ स्थानभित्र रियलमी रहेको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १६:२४ मा प्रकाशित

You can share this post!

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...