back
NMB ad

सिनर्जी पावर डेभलपमेन्टको साधारण सभा भदौ १८ गते, कहिले गर्दैछ बुक क्लोज ?

Kumari bank ad

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आउँदो भदौ १८ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

मंगलबार बसको कम्पनीको संचालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभा प्रयोजनका लागि कम्पनीले सभा प्रयोजनका लािग भदौ ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

सभा रजिष्टार्ड कार्यलय काठमाडौं महानगरपालिका–४ वालुवाटर स्थित कार्यलयबाट भर्चुअल माध्यमबाट संचालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले एकै पटक लाभांश र हकप्रद सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको साउन २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १० प्रतिशत अर्थात ७ करोड ३३ लाख २५ हजारको सेयर बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत अर्थात ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा रुपैयाँ दिने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने भएका छन् ।

कम्पनीले लाभांश घोषणा गरेको दिन नै हकप्रद सेयर पनि दिने प्रस्ताव गरेको छ । जसमा  बोनस वितरण पनि हुने चुक्ता पुँजीको २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १३:०० मा प्रकाशित

You can share this post!

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२९

काठमाडाैँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास...

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२६

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज...

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२१

काठमाडौँ, १६ वैशाख: काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क...

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:१३

काठमाडौँ, १६ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०९

काठमाडौँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि...

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०३

काठमाडौँ, १६ वैशाखः नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा...