back
NMB ad

अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन्छौँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनासंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड – १९ विरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनु भएको छ ।

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिने बताउनु भएको हो।

’आर्थिक क्रियाकलापमार्फत् अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई हामी प्राथमिकताका साथ खोप उपलब्ध गराउछौँ,’ राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ’सरकारले सबै नागरिकलाई निःशुल्क खोप वितरणको अभियानलाई तीव्र गतिमा अघि बढाइरहेको छ। हामी उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर अघि बढ्छौँ।’

राज्यमन्त्री श्रेष्ठले नेपाललाई आवश्यक पर्ने खोप खरिदको सम्पूर्ण प्रबन्ध पुरा भइसकेको बताउनुभयो। उहाँले अबको डेढ महिनामा १ करोड ३ लाख डोज खोप नेपाल आइपुग्ने भन्दै सबैलाई सजह रूपमा खोप उपलब्ध गराउने उल्लेख गर्नुभयो। आगामी चैतसम्ममा ५ करोड ५० लाख डोज खोप नेपाल आउने उहाँको भनाइ छ।

खोप केन्द्रमा भिड नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ। ’बढी घनत्व भएको ठाउँका खोप केन्द्रमा अलि भिडभाड देखिएको छ,’ श्रेष्ठले भन्नुभयो, ’अहिले खोप केन्द्र बढाएका छौँ, सबैलाई खोप दिन्छौँ।’

कोभिड १९ को तेस्रो लहरको जोखिम बढेको भन्दै उहाँले त्यसविरुद्ध लड्न डेडिकेटेड अस्पताल र अक्सिजनको समेत व्यवस्थापन गर्न सरकार लागिरहेको बताउनुभयो। ’हामीसँग भएको क्षमताको अधिकतम प्रयोग गर्ने र चुस्त व्यवस्थापनमा काम गर्ने गरी सरकार अघि बढिरहेको छ,’ उहाँले भन्नुभयो।

सोही अवसरमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योगी व्यवसायीले फ्रन्टलाइनरको रूपमा काम गरेर अर्थतन्त्रलाई चलायमान बनाइरहेको भन्दै देशभरका उद्यमीलाई खोप वितरणमा प्राथमिकता दिन आग्रह गर्नुभयो।

राजस्वमा करिब ७० प्रतिशतभन्दा धेरै योगदान गर्ने निजी क्षेत्रलाई समयमै खोप उपलब्ध गराइ चलायमान बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने अग्रवालले उल्लेख गर्नुभयो।

अध्यक्ष अग्रवालले कोभिडको तेस्रो लहरसँग जुध्न पर्याप्त स्वास्थ्य पूर्वाधारको तयारीमा जुट्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले सरकार र निजी क्षेत्र मिलेर स्वास्थ्य पूर्वाधार विकासमा काम गर्न सक्ने पनि बताउनुभयो।

स्वास्थ्य मन्त्रालयमा भएको भेटमा परिसंघका उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे र हेमराज ढकाल तथा महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो।

वि.सं.२०७८ साउन २७ बुधवार १८:१४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...