back
NMB ad

आजसम्म मानुषी लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

Kumari bank ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा लगानीकर्ताको ओइरो लागेको छ । बिक्री खुला भएको कम्पनीको आईपीओमा तेस्रोदिन १८ लाख ५६ हजार ५५० जनाले आवेदन दिएका छन् ।

आजसम्म कम्पनीको आईपीओमा २ अर्ब ४० करोड ३४ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ३४ हजार १५० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले ३ करोड ९५ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।

जसमा ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन भएको छ । आइपीओमा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त आईपीओमा छिटोमा साउन ३१ गते बैंकिङ कारोबार समयसम्म आवेदन दिन सकिने छ । माग बमोजिम आवेदन नपरेको खण्डमा भदौ ९ गतेसम्म दिन पाइने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १७:२७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...