back
NMB ad

एक अर्ब लगानीमा बन्ने भो भ्यूटावर, प्रमले गरे शिलान्यास !

Kumari bank ad

झापा । एक अर्बको लगानीमा दमकमा भ्यूटावर बन्ने भएको छ । पाँच विघा क्षेत्रफलमा फैलिने भ्यू टावर ७२ फिट अग्लो र चारतले हुनेछ । भ्यूटावरको आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरे ।

शिलन्यास गर्दै उनले विकासमा कसैले राजनीति गर्न नहुने बताएका छन् । उनले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएको बताए ।ओलीले विकास, समृद्धितर्फ देशलाई रुपान्तरण गर्न सबै जुट्न सके परिवर्तन सम्भव हुने बताए ।

मुलुकको विकासमा वर्तमान सरकारले उल्लेखनीय कामको सुरुवात गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “अब साँच्चै मुलुकको मुहार फेर्न सबैले हिम्मत राख्नुपर्छ ।” मुलुकको विकासका योजना सार्वजनिक गर्दा विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा आफू अचम्मित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

आफ्नो निर्वाचन क्षेत्रका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुन दमक आएका प्रम ओलीले दमकलाई विकासको नमुना सहर बनाउने अठोट लिएको समेत भनाइ राखे । भ्यूटावरको शिलान्यास लगत्तै प्रधानमन्त्रीले मोरङको मधुमल्ला जोड्ने दमक–५ स्थित मावा खोलामा बनिने पुलको समेत शिलान्यास गरे ।

दमकको आन्तरिक पर्यटन प्रवद्र्धनमा पूर्वकै व्यवस्थित बन्न लागेको सो भ्यूटावर करिब पाँच बिघा क्षेत्रफलमा रहेको छ । भ्युटावर बनाउन स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्यका जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए ।

२८ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ २८ शुक्रवार ११:२६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...