back
NMB ad

साढे ४ अर्ब नाफा गरेको नबिल बैंकले देलात ३० प्रतिशत लाभांश ?

Kumari bank ad

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकले ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता २९.९४ प्रतिशत रहेको छ ।

गत आवमा बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै बैंकको नाफा बढेको देखिएको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ५१ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

१३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब २ करोड २७ लाख २८ हजार रुपैयाँ रहेको छ । २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट घटेर ०.७८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ४० पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार ०६:२४ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...