back
NMB ad

बाँदरले देशभर लोडसेडिङ गराइदिएपछि

Kumari bank ad

हामीकहाँ बाँदरले बालीनाली खाएर सखाप पारिदिएको तथा मान्छेलाई पनि आक्रमण गर्ने गरेका समाचार आइरहन्छन् । तर एउटा बाँदरको शक्ति बाली खानमा मात्र कहाँ सिमित हुँदो रहेनछ । देशभरको बिजुली काटिदिएर अन्धकार बनाइदिन सक्दो रहेछ एउटा नाथे बाँदरले ।

हालै अप्रिmकी देश केन्यामा एउटा बाँदरले पूरै देशलाई अन्धकारमय बनाइदिएको छ । केन्यामा बिजुली उपलब्ध गराउने केन्जेन नामक कम्पनीका अनुसार एउटा बाँदरका कारण पूरै देशको बिजुली आपूर्ति रोकिएको हो ।

कम्पनीले जनाए अनुसार गिटारुस्थित एक जलविद्युत आयोजनाको ट्रान्सर्फमरमाथि एउटा बाँदर अचानक लडपछि ट्रान्सर्फमर पनि खस्यो । जसका कारण उक्त जलविद्युत आयोजनाबाट उत्पादित १८० मेगावाटको विद्युत सप्लाइ पूर्णरुपमा रोकियो र पूरै देश अन्धकारमय बन्यो । रोकिएको विद्युत आपूर्ति पुनः सूचारु गर्नका लागि ४ घण्टा लागेको थियो ।

धन्य, बाँदरलाई करेन्ट भने लागेन र देशभर लोडसेडिंग गराउने त्यो बाँदर सकुशल नै रह्यो । केन्या वाइल्डलाइफ सर्भिसका कर्मचारीहरुले उक्त बाँदरलाई उद्धार गरी लगे ।

प्रकाशितः २०७३ जेठ २९

वि.सं.२०७३ जेठ २९ शनिवार ११:१९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...