back
NMB ad

मौद्रिक नीतिले असजिलो भए निर्देशिका मार्फत् प्रष्ट पार्छौैः गभर्नर अधिकारी

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि सार्वजनिक गरेको मौद्रिक नीति स्वागतयोग्य रहेको भएता पनि सबै क्षेत्रलाई सन्तुलित तवरले लैजान चुनौतीपूर्ण भएको वरिष्ठ अर्थशास्त्री, उद्योगी तथा बैंक लगायत आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् ।

नेपाल आर्थिक संघ तथा इन्स्टिच्युट फर स्ट्राटजिक एन्ड सोसियो–इकनमिक रिसर्च (आईएसएसआर) ले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञ वक्ताहरूले मौद्रिक नीतिको सराहना गरेका छन् ।

कार्यक्रममा मौद्रिक नीतिले समेटेका क्षेत्र, निरन्तता दिएका विषय र मौद्रिक नीतिका चुनौतीको विषयमा छलफल भएको छ । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिले समग्र क्षेत्रलाई समेटेको बताउनुभयो । कोभिड–१९ महामारीबाट प्रभावित क्षेत्रहरूलाई मौद्रिक नीतिले राहत उपलब्ध गराउने नीति लिएको उहाँको भनाई छ ।

राष्ट्र बैंकले कोरोना महामारीको चपेटामा परेका उद्योगी र व्यवसायीहरूलाई प्रोत्साहन हुने खालको मौद्रिक नीति ल्याएको बताउनुभयो । विभिन्न क्षेत्रका अर्थविदहरूको सल्लाह सुझावसहितको मौद्रिक नीति भनिएकोमा सबै क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा आफू विश्वस्त रहेको उहाँको भनाई छ ।

गभर्नर अधिकारीका अनुसार पुनर्कर्जालाई मौद्रिक नीतिले यस वर्ष पनि निरन्तरता दिएको जानकारी गराउँदै कर्जा भुक्तानीको अवधि पनि धेरै राखिएकाले व्यवसायी तथा उद्योगीहरूलाई सहज हुने बताउनुभयो ।

मौद्रिक नीतिमार्फत कर्जा भुक्तानीको समयावधि अतिप्रभावित, मध्यम र कम प्रभावित गरेर एक वर्षसम्मको तोकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘मौद्रिक नीतिले सकभर राष्ट्रिय उत्पादनमा लगानी गर्न प्रोत्साहन गरेको छ । समग्र क्षेत्रको अध्ययन गरेर मात्र मौद्रिक नीति ल्याएको उहाँको भनाई छ । अन्य केही क्षेत्रलाई असजिलो भयो भने निर्देशिका मार्फत् अझ प्रस्ट गरिने आस्वासन उहाँले दिनुभएको छ ।

कार्यक्रममा डा. विश्वम्भर प्याकुरेलले गत वर्षको मौद्रिक नीतिलाई केन्द्रबिन्दु बनाएर यस वर्षको मौद्रिक नीति जारी भएको बताउनुभयो । गत वर्षकै नीतिहरूलाई केही संशोधन गरेर सोही मौद्रिक नीतिहरूलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

डा. प्याकुरेलले अहिलेको मौद्रिक नीतिले कोरोना महामारीका कारण प्रभावित अर्थव्यवस्था र व्यापारिक क्षेत्रलाई देशको वित्तीय स्रोतहरूमा पहुँच सहज बनाएर राहत दिने बताउनुभयो ।

मौद्रिक नीतिले रिकभरी योजनालाई समर्थन गरेको उहाँको भनाइ छ । आफूले यस पटकको मौद्रिक नीतिले वित्तीय नीतिसँगको समन्वयको कमी हल गर्ने आशा साथै केहि असजिलो विषय भए नेपाल रास्ट्र बैंकले सहजीकरण गर्नुपर्ने प्रा. डा. प्याकुरेलले बताउनुभयो ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यानले ‘क’ वर्गका बैकहरूलाई मर्ज गरेर घटाउँदै लैजाने नीतिगत व्यवस्थाको प्रशंसा गर्दै ‘ख’ र ‘ग’ वर्गका बैंकहरू आफैँ घट्दै गएकाले दुरदराजका मानिसहरूको बैंकिङ क्षेत्रमा पहुँच अझ बढाउनुपर्ने रुकुरामा जोड दिनुभयो ।

उहाँले सेयर धितोमा प्रबाह हुने मार्जिन कर्जा संस्थागत लगानि कर्ताहरुको लागि सहज नभाएको बताउनु भयो । यस कुरामा नेपाल रास्ट्र बैंकले पुनर्विचार गर्नुपर्ने उहाँले औल्याउनु भयो ।

बैंक तथा वित्तीय संस्थाहरूले अनावश्यक मुनाफा गरिरहेका छन् भन्ने आरोपको जवाफमा गोल्यानले अन्य क्षेत्रहरूको लेनदेनको तथ्यांक सार्वजनिक गर्न राष्ट्र बैंकलाई आग्रह समेत गर्नुभयो । बैंक तथा वित्तिय संस्था बाहेक अरु क्षेत्रले गरेकोे वास्तविक मुनाफा सार्वजनिक गर्दा सबैलाई थाहा पनि हुने र सन्तुलित तरीकाले अर्थ ब्यबस्था सञ्चलन गर्न सजिलो हुने हुन्छं । यो काम नेपाल राष्ट्र बैंक जस्तो सक्षम संस्थाले गर्न सक्छ ।

संघका कार्यकारी सदस्य तथा अर्थविद् केशव आचार्यले यस वर्षको मौद्रिक नीतिले गत वर्षका नीतिलाई निरन्तरता दिनु राम्रो पक्ष भए पनि अन्य केही कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेको छ, खपत पनि बढिरहेको छ । यसले समग्र अर्थतन्त्रमा असर पार्ने भएकाले यस्तो विषमा पनि मौद्रिक नीतिले ध्यान दिनुपर्छ ।’ समग्रमा मौद्रिक नीति स्वागतयोग्य रहेको उनले बताउनुभयो ।

पाँच प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने कार्यविधि आइसकेकाले गत वर्षभन्दा यस वर्ष सहुयित ऋण प्रवाहमा सहज हुने उहाँको भनाइ छ ।

नेपाल आर्थिक संघ का उपाध्यक्ष प्रा. डा. गोविन्द नेपालले कोरोना महामारीले प्रभावित क्षेत्रलाई सहुलियत प्रदान गर्नु र गत वर्षको नीतिहरूलाई निरन्तरता दिनु मौद्रिक नीतिको राम्रो पक्ष रहेको बताउनुभयो ।

राष्ट्र बैंकले स्वरोजगार बनाउने उद्देश्यले ल्याएको विपन्न वर्ग कर्जा निकै राम्रो भएको नेपालले बताउनुभयो । यो कर्जाले फाइनान्सलाई तिर्नुपर्ने चर्को व्याजबाट जोगाउने उहाँको भनाइ छ । मौद्रिक नीतिले बैंकिङ तथा वित्तीय संस्थाहरूको स्थायित्वमा असर पर्छ कि भन्ने आफूलाई लागे पनि यस्तो नभएको उहाँले बताउनुभयो ।

आइएसएसआरका सञ्चालक सदस्य डा. रवीन्द्र पाण्डेले कोरोना महामारीबाट मुक्त हुन अझै कम्तीमा पनि दुई वर्ष लाग्ने भएकाले यस्तो अवस्थामा आउने मौद्रिक नीतिले वित्तीय पक्षभन्दा व्यावहारिक पक्षमा जोड दिनुपर्ने उनको भनाइ थियो । चेम्बरर्स अफ नेपालका उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले विस्तारित मौद्रिक नीतिको अपेक्षा गरे पनि सन्तुलित मौद्रिक नीति आएको बताउनुभयो ।

गत वैशाखबाट कोरोनाको दोस्रो लहरले कोरोना महामारीले पुनः निजी क्षेत्र शिथिल भएको अवस्थामा मौद्रिक नीतिले राहत दिन्छ भन्ने धेरै अपेक्षा रहे पनि त्यसमा तरलताको अभाव देखिएको उहाँको भनाइ थियो ।

वि.सं.२०७८ भदौ २ बुधवार १३:२६ मा प्रकाशित

You can share this post!

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:२८

मुग्लिन (चितवन), ८ जेठः माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा...