back
NMB ad

महेन्द्रनगरमा पनि अब सिभिल बैंकको शाखा, सानो पुँजीलाई बैंकमा राखी निर्धक्क व्याज आर्जन गर्न सकिने

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा ११५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले उद्घाटन गुर्नभएको थियो ।

उद्घाटनपछि प्रमुख विष्टले महेन्द्र नगरमा वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पु¥याउने बताउनुभयो ।

उहाँले व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद समेत व्यक्ति गर्नुभएको थियो ।

साथै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क व्याज आर्जन गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा सिभिल बैंकका डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका प्रमुख भोला बहादुर विष्टले आर्थिक समृद्धिको सहयात्री भएकाले बैंकहरुको सहभागिता बिना सम्भब नहुने बताउनुभयो ।

पूर्व मेचीदेखि पश्चिममहाकाली सम्म नेपालभर छरीएका ११५ शाखाहरु गुणस्तरिय सेवा प्रदान गर्न कटिवद्घ रहेको बताउनुभयो । साथै हाल विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीको विषम परिस्थितिमा बजारमा प्रदान गरीएको व्याजदर भन्दा सिभिल बैंकले सर्वाधिक प्रदान गरींदै आएकोले यसको लाभ उठाउन अपिल समेत गर्नुभयो ।

बैंकले हालसम्म करिव ६ लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटियमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले करिब ९२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८५ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

वि.सं.२०७८ भदौ ३ बिहीवार १४:३५ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...