back
NMB ad

कम कर तिर्ने ७ हवाई कम्पनीको छानबिन गरि ५२ करोड असुली गर्न महालेखापरीक्षकको निर्देशन

Kumari bank ad

काठमाडौं ।  महालेखापरीक्षकको कार्यालयले कम कर दाखिला गर्ने ७ हवाई कम्पनीलाई छानबिनका लागि निर्देशन दिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट उडान भर्दा कम कर दाखिला गरेको पाईएकाले करिब ५२ करोड असुल तथा छानबिन गर्नका लागि सरकारलाई निर्देशन दिएको हो ।

आन्तरिक राजश्व कार्यालय पुतलीसडकमा दर्ता रहेका ५, नयाँ बानेश्वरको १ र टंगालको १ हवाई कम्पनीले घटी कर दाखिला गरेको कार्यालय जनाएको छ । ती कम्पनीहरुबाट ५१ करोड ९८ लाख ८९ हजार रुपैयाँ र त्यसामा लाग्ने शुल्क तथा ब्याज असुली गर्न निर्देशन दिएको हो ।

आयकर ऐन, २०५८ को दफा ७० अनुसार नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरि प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ ।

उक्त व्यवस्था अनुसार उडान भर्ने एअरलाइन्सको टिकट जुनसुकै देशबाट जाजरी भएपनि नेपालबाट प्रस्थान हुने यात्रुको आधारमा हवाई सेवामा कर लाग्ने देखिन्छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १७:५९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...