back
NMB ad

दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार : अध्यक्ष गोल्छा

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका ले मुलुकभर बलियो संजाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच भएको छलफल तथा भेटघाटमा गोल्छाले यस्तो बताउनुभएको हो ।

अध्यक्ष गोल्छाले महासंघले अगाडी बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुन सके नेपालले दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्ने धारणा थियो ।

नेट २०३० ले नेपालले अवको पांच वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नती हुन पुरा गर्नुपर्ने तयारीलाई समेत समावेश गरेको गोल्छाले बताउनुभयो ।

सोही अनुसार निजी क्षेत्रमा पर्न सक्ने प्रभाव र न्युनिकरणका उपाय सहितको अध्ययन प्रतिवेदन महासंघले तयार पारेको उहाँले जानकारी गराउनुभयो ।

मुलुकभित्र उद्योग व्यवसायको विस्तार, लगानी अभिवृद्धि, रोजगारी सृजनाका लागि गर्नुपर्ने सुधारका विषयमा नेट २०३० ले दिएका सुुझावहरूको कार्यान्वयनमा महासंघले सरकारमा समेत पहल गरी सकेको अध्यक्ष्ँ गोल्छाले स्पष्ट पार्नुभयो ।

यसका कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघसंग पनि सहकार्य आवश्यक रहेको उहाले वताउनुभयो । अध्यक्ष गोल्छाले संयुक्त राष्ट्र संघसंग महासंघले निरन्तर सहकार्य गर्दै आएको र दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न महासंघ सहकार्य गर्न तत्पर रहेको बताउनु भयो ।

सोही अवसरमा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक साराले चुुनौतीलाई बहन गर्नसक्ने नेपाली निजी क्षेत्रको क्षमताको प्रशंसा गर्नुभयो । कोभिड महामारीका बीचमा पनि नेपालको अर्थतन्त्रलाई गम्भीर संकटबाट जोगाउन निजी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

एसडीजीका लक्ष्य निर्धारित समयभित्रै पुरा गर्ने कार्यमा महासंघको सहकार्य महत्वपूर्ण रहेकाले यसमा सहयोग गर्न पनि उहांले आग्रह गर्नुभयो । नेपालको स्तरोन्नती र एसडीजीका लक्ष्यहरू पुरा गर्ने कार्यदिशामा निजी क्षेत्र दरिलो सहयोगी हुनुसक्ने र त्यसमा पनि महासंघको सहयोग अझ महत्वपूर्ण हुने बताउनुभयो ।

सोही अवसरमा संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुदा आइपर्ने चुनौति सामना गर्न निजी क्षेत्रको भूमिका एवं कोभिडबाट अर्थतन्त्रमा परेको असर न्युनिकरणका लागि संयुक्त प्रयास गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

वि.सं.२०७८ भदौ ९ बुधवार १७:३८ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...