काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्त वित्तीय संस्थालाई विभिन्न सहुलियत दिने भएको छ ।
राष्ट्र बैंकले बुधबार परीपत्र जारी गर्दै इजाजतपत्रप्राप्त ‘घ’ वर्गको लघु वित्त वित्तीय संस्थाहरु गाभिएर वा प्राप्ति गरेर विभिन्न सहुलियत दिन लागेको छ ।
राष्ट्र बैंकका अनुसार १ अर्बभन्दा बढी चुक्ता पूँजी कायम गरेमा वा १ अर्बभन्दा बढी चुक्ता पूँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा २ वटा प्रदेश स्तरका संस्था गाभेमा वा प्राप्ति गरेमा काठमाडौं उपत्यका भित्र काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न स्वीकृति प्रदान गरिने छ ।
यस्तै थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्नेछन् ।
वि.सं.२०७८ भदौ ९ बुधवार १८:१९ मा प्रकाशित