back
NMB ad

चालु आवको पहिलो महिनामा साढे ५ अर्ब बढीको सुनचाँदी आयात, कुन देशबाट कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ पहिलो महिनामा साढे ५ अर्ब बढीको सुनचाँदी आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको आव २०७८/७९ को पहिलो महिना अर्थात साउन तथ्याङ्कले यस्तो देखाएको हो ।

साउन महिनामा ५ अर्ब ७८ करोड ६५ लाख ५६ हजार रुपैयाँ बराबरको सुनचाँदी आयात भएको विभागले जनाएको छ । उक्त अवधिमा सवा ३ अर्ब बढीको सुन र साढे २ अर्ब बढीको चाँदी आयात भएको छ ।

विभागका अनुसार साउनमा ३ अर्ब १६ करोड ४७ लाख ७९ हजार रुपैयाँको सुन आयात भएको हो । चालु आवको पहिलो महिनामा ४ सय ५८ केजी बढी सुन आयात भएको हो । नेपालमा युनाईटेड अरब इमिरेट्स (यूएई) बाट सुन आएको विभागले जनाएको छ ।

चालु आवको पहिलो महिनामा यूएईबाट २ अर्ब ८१ करोड ५० लाख ५४ हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको हो । उक्त देशबाट ४०७ केजी सुन आयात भएको विभागले जनाएको छ ।

यस्तै, टर्कीबाट करिव ३५ करोड बराबरको सुन नेपाल आएको छ । उक्त मुलुकबाट ३४ करोड ९७ लाख २५ हजार रुपैयाँ बराबरको ५१ केजी बढी सुनको नेपाल भित्रिएको छ । सुन आयातबाट नेपाल सरकारले ३८ करोड ९७ लाख २६ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

यस्तै चालु आवको पहिलो महिनामा साढे २ अर्ब बढीको चाँदी आयात भएको विभागले जनाएको छ । नेपालमा विश्वका ५ मुलुकबाट २ अर्ब ६२ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको हो ।

नेपालमा छिमेकी मुलुक चीन, हङ्कङ, स्वीट्जरल्याण्ड, टर्की र यूएईबाट २६ हजार २ सय केजी चाँदी आयात भएको विभागले जनाएको छ ।

चालु आवको पहिलो महिनामा सबैभन्दा बढी यूएईबाट १ अर्ब २५ करोड २२ लाख ९० हजार रुपैयाँ बराबरको साढे १२ हजार केजी चाँदी आयात भएको छ ।

यस्तै, हङकङबाट ८० करोड १३ लाख ८५ हजार, स्वीट्जरल्याण्डबाट ४० करोड ३ लाख ७५ हजार रुपैयाँ बराबरको चाँदी नेपाल भित्रिएको छ ।

त्यसैगरि टर्कीबाट ९ करोड ८२ लाख ९५ हजार र चीनबाट ६ करोड ९४ लाख ३२ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको छ । चाँदी आयातबाट सरकारले २२ करोड २७ लाख २ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १७:१४ मा प्रकाशित

You can share this post!

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...