back
NMB ad

पुँजी बजारमा थपिँदै साढे ५ अर्ब बढी लगानी : आउँदैछ १९ कम्पनीको आईपीओ, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपालको पुँजी बजारमा ५ अर्ब ६१ करोड ३६ लाख १४ हजार ८०० रुपैयाँको लगानी  थपिने भएको छ ।

धितोपत्र बोर्डका अनुसार १९ वटा कम्पनीको ४ करोड ९४ लाख १६ हजार १४८ कित्ता सेयर पाइपलाइनमा रहेको छ ।पाइपलाइनमा रहेका कम्पनीका सबैभन्दा बढी जलविद्युत कम्पनी रहेका छन् ।

जलविद्युत कम्पनीपछि माइक्रोफाइनान्स कम्पनी, बीमा कम्पनी र अन्य कम्पनी रहेका छन् । बोर्डका अनुसार जलविद्युत कम्पनी ११, बीमा कम्पनी २, माइक्रोफाइनान्स कम्पनी ४ र अन्य २ वटा कम्पनी रहेका रहेका छन् ।

जलविद्युत कम्पनीमा पनि केहीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि, केहीले स्थानीय र सर्वसाधारण दुवैको लागि साधारण सेयर निष्काशन गर्ने भएका छन् । हाल बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुले स्वीकृत पाएपछि आइपीओ निष्काशन गर्नेछन् ।

आइपीओ निष्काशन गर्न लागेका १९ वटा कम्पनीमा पनि रिलायबल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स रहेका छन् । रिलायबलले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासनको तयारीमा रहेको छ ।

त्यस्तै माइक्रोफाइनान्समा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था रहेको छ ।

पाइपलाइनमा रहेका कम्पनीमा सबैभन्दा चर्चामा रहेको कम्पनी डिसहोम समेत रहेको छ । डिसहोम मिडिया नेटवर्कले सर्वसाधारणको लागि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यो कम्पनीको आइपीओ लामो समयदेखि निकै चर्चामा रहेको छ ।

आइपीओ निष्काश गर्न लागेका कम्पनीमा सबैभन्दा बढी सयपत्री हाईड्रोपावरले ६२ करोड ५० लाख रुपैयाँको ६२ लाख ५० हजार कित्ता र सबैभन्दा कम ग्रिनभेन्चर कम्पनीले २ करोड ६६ लाख २५ रुपैयाँको २ लाख ६६ हजार २५० कित्ता साधारण सेयर निष्काशनको तयारीमा रहेका छन् ।

वि.सं.२०७८ भदौ १४ सोमवार १७:२५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...