back
NMB ad

भारतमा जन्मियो जिउमा छाला नभएको बच्चा

Kumari bank ad

काठमाण्डौं । भारतमा पहिलोपटक जिउमा छाला नै नभएको बच्चा पहिलोपटक जन्मिएको छ । भारतको नागपुरस्थित एक अस्पतालमा शुक्रबार स्थानीय एक महिलाले जिउमा छाला नभएको, जिउभरी चिरा परेको तथा मुख र आँखाको भागमा रातो भएको डरलाग्दी बच्ची जन्माएकी हुन् ।

यस्तो समस्या भएको बच्चालाई हार्लेक्विन भनिन्छ । भारतमा हार्लेक्विन बच्चा जन्मिएको पहिलोपटक भएको डाक्टरहरुले बताएका छन् ।

नागपुरको लता मंगेशकर अस्पतालको आइसियूमा अहिले यो बच्चाीको उपचार भैरहेको छ । विज्ञहरुका अनुसार विश्वमा हरेक ३ लाख जन्ममा एक जनामा यस्तो समस्या हुनसक्छ । यो निकै दुर्लभ वंशाणुजन्य रोग हो । यो रोग भएका बच्चा जन्मिँदा पूरै सरीर बाक्लो कत्लाले ढाकिएको हुन्छ पछि त्यसमा चिरा पर्दछ । सरीरका बाहिरी अंगपनि राम्रोसँग विकशित भएको हुँदैन । चिरा परेको ठाउँमा संक्रमणको जोखिम हुन्छ ।

यो बच्चीको जिउमा कतैपनि छाला नभएको हुँदा छाला प्रत्यारोपण सम्भव नभएको डाक्टरहरुले बताएका छन् । अब जिन्दगीभर यी बालिकाले जिउमा संक्रमण रोक्न तथा चिराबाट रगत आउन रोकी नरम पार्नका लागि मोस्चराइजरको प्रयोग गर्नुपर्नेछ । जाडो महिनामा चिराहरुबाट रगत बग्नेछ । भारतमा यस्तो रोगको उपचार सेवा निकै कम रहेको बताइन्छ ।

प्रकाशितः २०७३ जेठ ३१

वि.सं.२०७३ जेठ ३१ सोमवार १४:०८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...