back
NMB ad

क्लासिक टेक बारे प्रकाशित भएका अतिरञ्जित समाचारप्रति आइस्पानको ध्यानाकर्षण

Kumari bank ad

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले बिना सबुत प्रमाण प्राविधिक समस्यालाई बढवा दिदैँ अतिरन्जित रुपमा प्रकाशित भएको समाचारप्रति ध्यानाकर्षण गराएको छ ।

विभिन्न संचार माध्यमहरुमा प्रकाशित ‘क्लासिक टेकको बिराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी‘, ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका विभिन्न शिर्षकहरुमा प्रकाशित समचार प्रती गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै आइस्पानले उक्त घटनाको बारे सत्य तथ्य बुझ्दा बिना सबुत प्रमाण प्राविधिक समस्यालाई बढवा दिदैँ अतिरन्जितरुपमा समाचार प्रकाशन भएको ठहर गरेको छ ।

प्रकाशित विज्ञप्तिमा भनिएको छ, -‘प्राविधिक रुपमा भन्नु पर्दा त्यस संचार माध्यमको धभदकष्तभ ,क्लासिक टेकमा जयकत नभएकोले त्यसको स्वामित्व क्लासिक टेकमा मा नभई अन्तै रहेको हुनाले त्यसमा पहुँच या नियन्त्रण क्लासिक टेकसंग हुनु असम्भव छ ।’

जनतालाई निरन्तर सूचना प्रवाह गर्ने सम्मानित संचारमाध्यमले कुनै एक संस्थाप्रती पूर्वग्रही भएर लागेको भेटिएकोले यस्ता अतिरन्जित कुरा प्रति नलागि सूचनाको हक विपरितको कार्य नगर्न पनि अनुरोध समेत गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार, सम्मानित अदालतको निर्णय बिना कुनै पनि इन्टरनेट सेवा प्रदायकले संचार माध्यमलाई कहिँ कतै पनि प्रतिबन्ध लगाउने अधिकार नरहेको जनाएको छ ।

अतः यस्ता भ्रमपुर्ण, अतिरञ्जित समाचार प्रकाशन तथा प्रसारण गरिनुअघि सम्बन्धित संस्था र ब्यत्तिलाई बुझनुपर्ने पत्रकारिताको सामान्य धर्म निर्बाह गरिदिनु हुन आग्रह गर्दै, स्वार्थ पुर्तिका लागि अर्नगल प्रचार गर्ने ब्यक्ति र सञ्चारमाध्यमहरुलाई जिम्मेवार हुन समेत आग्रह गर्दछौं ।

“राज्यको चौथोे अङ्गको रुपमा रहेको स्वतन्त्र पत्रकारिताको हामी सदैव सम्मान गर्दै आइरहेका छौ । हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा पनि प्रतिवद्ध रहेका छौै । सूचना तथा प्रविधिको विकास संगसंगै इन्टरनेट सेवा प्रदायक र आम सञ्चार माध्यम बिचको अन्तरसम्बन्ध नङ र मासुको जस्तै रहेको छ । हामी आमनागरिक सुसुचित हुने अधिकारको लडाइमा सधै संघै रहेका छौं । आमसंचारमाध्यम तथा नागरिकहरुको सुसुचित हुने अधिकारको हामी सर्दैव सम्मान गर्दछौं,”- विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १६:५६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...