काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी रोशनी बज्राचार्यले आफ्नो नाममा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लाग्नुभएको हो ।
उक्त सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुलाई रहने भएकाले इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र ( भदौ ९ गतेदेखि)आवेदन दिन सक्नेछन् ।
बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र बैंंकको केन्द्रिय कार्यालयमा आईपुग्ने आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । उक्त सेयर बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बताईएको छ ।
म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
वि.सं.२०७८ भदौ १८ शुक्रवार १२:५० मा प्रकाशित