back
NMB ad

४८% ले बढ्यो फाइनान्स कम्पनीको नाफा, कुनको वित्तीय अवस्था कस्तो ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा फाइनान्स कम्पनीहरुको नाफामा सुधार देखिएको छ । संचालनाम रहेकामध्ये १५ कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखाएको हो ।

गत आवमा फाइनान्स कम्पनीहरुको नाफा ४७.८२ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीहरुले १ अर्ब ९७ करोड १७ लाख २६ हजार रुपैयाँ नाफा गरेका हुन् । अघिल्लो आवमा भने कम्पनीहरुको नाफा १ अर्ब ११ करोड ७७ लाख ७१ हजार रुपैयाँ मात्र रहेको थियो ।

गत आवमा तीन फाइनान्स कम्पनीको नाफा घटेको छ भने अन्यको सुधार देखिएको छ । गत आवमा जानकी फाइनान्स २०.२८ प्रतिशत, समृद्धि फाइनान्सको ८६.३१ प्रतिशत र नेपाल फाइनान्सको ४१.२१ प्रतिशतले नाफा घटेको हो ।

गत आवमा सबैभन्दा बढी नाफा मञ्जुश्री फाइनानसको रहेको छ । कम्पनीले गत आवमा ५६ करोड ८१ लाख १८ हजार रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११५.८१ प्रतिशतले बढी हो । अघिल्ला आवमा कम्पनीले २६ करोड ३२ लाख ४४ हजार रुपैयाँ नाफा गरेको थियो ।

यता, अघिल्लो वर्ष नोक्सानीमा रहेको गोखार्ज फाइनान्सले भने नाफामा छलाङ नै मारेको छ । अघिल्लो वर्ष ७ करोड ९४ लाख ९३ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले गत आवमा भने २० करोड १८ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नाफामा भने झिनो सुधार देखिएको छ । अघिल्लो वर्ष ११ करोड ३७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत वर्ष भने ०.२५ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरि गत आवमा आईसीएफसी फाइनान्सले १९ करोड ६२ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ८८.०८ प्रतिशतले बढी हो ।

गत आवमा पोखरा फाइनान्सको ७४.०५ प्रतिशत, गुडविल फाइनान्सको ६९.८५ प्रतिशत, गुहेश्वरी मर्चेण्ट बैंकिङको ६२.४६ प्रतिशत, रिलायन्स फाइनान्सको ३३.२३, सेन्ट्रल फाइनान्सको २६.४९, प्रोग्रेसिभ फाइनान्सको १७.५९, मल्टीप्रपोजको ११.७१ र बेष्ट फाइनान्स ६.५४ प्रतिशतले नाफा वृद्धि भएको छ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १५:५७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...