back
NMB ad

११ कम्पनीले बोलाए एजीएम: लगानीकर्ताको हातखाली बनाउँदै यी कम्पनी, कुनको कस्ता एजेण्डा ?

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सम्पन्न गरिसक्नुपर्ने सूचीकृत कम्पनीले अझै पनि साधारणसभा सम्पन्न गर्न सकेका छैनन् ।

कयौ कम्पनीहरु अझै साधारणसभाको सूचना जारी गरेर बसेका छन् । भदौ २४ देखि असोज १६ गतेसम्म साधारणसभा गर्न भन्दै ११ कम्पनीले सूचना जारी गरिसकेका छन् ।

भदौ २४ देखि असोज १६ गतेसम्म साधारणसभा गर्न लागेका सूचीकृत कम्पनीमा सरकारी स्वामित्वका कम्पनीदेखी जलविद्युत कम्पनीसमेत रहेका छन् ।

भदौ २४ गते श्री राम सुगर मिल्सको २५ औं साधारणसभा अर्पण ब्यांकेटमा हुन लागेको छ । यो कम्पनीले लगानीकर्तालाई लाभांश भने दिने छैन ।

यस्तै गोर्खाज फाइनान्सले २६ औं साधारणसभा होटल क्राउन इम्पेरियलमा भदौ २४ गते नै गर्ने भएको छ । वैशाख १६ देखि २४ गतेसम्म बुक क्लोज भइसकेको छ। यसले पनि लगानीकर्ताको हात खाली बनाएको छ ।

लगानीकर्तालाई १०.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांशसहित १ः०.३९ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित अपि पावरले भदौ २५ गते साधारणसभा बोलाएको छ । भदौ १८ देखि २५ गतेसम्म बुक क्लोजको अवधि रहेको छ ।

अरुण कावेली पावरले पनि १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत कर प्रयोजनको लागि नगद देखी १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्तावसहित भदौ २६ गतेलाई साधारणसभा बोलाएको छ ।

भदौ १५ देखि २५ गतेसम्म बुक क्लोज रहेको छ । यस्तै मुक्तिानाथ क्यापिटलले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १८ प्रतिशत (करसहित) नगद लाभांश दिने र एनएमबी क्यापिटलले आव २०७७/०७८ को मुनाफाबाट ३० प्रतिशत करसहित नगद लाभांश दिने प्रस्तावसहित असोज १ गते साधारणसभा बोलाएका छन् ।

असोज ३ गतेको लागि साधारणसभा बोलाएको ङादी ग्रुपले २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश र १ः२ को अनुपातमा हप्रद सेयर निष्काशन गर्ने प्रस्ताव राखेको छ । यसको बुक क्लोज भदौ १८ मा सकिएको छ ।

रु रु जलविद्युत परियोजनाले असोज १६ मा गर्न लागेको साधारणसभाबाट आव २०७६/०७७ को मुनाफाबाट १०.५६३२ प्रतिशत नगद र आव २०७७/०७८ को मुनाफाबाट १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने छ । असोज ७ गते बुक क्लोजको समय रहेको छ ।

यस्तै नेपाल फाइनान्सले भदौ २६ मा, राष्ट्रिय बीमा संस्थानले भदौ २६ मा बेष्ट फाइनान्सले भदौ ३० मा बार्षिक साधारणसभा बोलाएको छन् । यी कम्पनीले लगानीकर्ताको हात खाली बनाउने भएका छन् ।

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्ता पुँजीको १ः०.७० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ ।

वि.सं.२०७८ भदौ २१ सोमवार १०:२० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...