Logo

इन्स्योरेन्स कम्पनीको १८.१८ प्रतिशत बोनसपछि शतप्रशित हकप्रदको प्रस्ताव पारित

काठमाण्डौं । लुम्बिनी जनरल ईस्योरेन्सको १२ औं वार्षिक साधारणसभाले १८.१८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै कम्पनीले बोनसपछि शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

ईन्स्योरेन्सले गत आर्थिक वर्षमा १५ करोड ५९ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी ४७ रुपैंया २६ पैसा कायम गरेको थियो । ईन्स्योरेन्सको चुक्ता पूँजी ३३ करोड रुपैंया तथा जगेडा कोषमा १४ करोड २९ लाख रुपैंया सञ्चित छ । बोनस र हकप्रदपछि कम्पनीको चुक्तापूँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।

१ पुस २०७३, ११।३०

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com