back
NMB ad

धादिङमा आज सवारी दुर्घटना, एकको मृत्यु

Kumari bank ad

काठमाडौं । धादिङको गल्छीमा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका ७ फिस्टेखोलामा आज बिहान सो दुर्घटना भएको हो ।

लमजुङको बेसीशहरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख ७४८३ नम्बरको माइक्रोले सोही दिशातर्फ आउँदै गरेको बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार नुवाकोट जिल्ला विदुर नगरपालिका १२ भट्टगाउँका २० वर्षीय रामकृष्ण भट्टको मृत्यु भएको छ ।

माइक्रोको ठक्करबाट गम्भीर घाईते भई उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाइक चालक सोहि ठाउँका २३ वर्षीय हरिप्रसाद भट्ट घाईते भएका छन् । उनको काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

२०७६ असोज २४ गते प्रकाशित

वि.सं.२०७६ असोज २४ शुक्रवार १६:४१ मा प्रकाशित

You can share this post!

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....