back
NMB ad

अखिलमा ओली समुहले टुंग्यायो नबिना अध्यक्ष, ऐन महासचिव

Kumari bank ad

काठमाडौँ । अनेरास्ववियुको २२ औँ राष्ट्रिय सम्मेलन आउन १० दिन मात्र बाँकी रहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली निकट समूले आफ्नो तर्फको उम्मेदवार टुङ्गो लगाएको  छ । आइतबार राजधानीको अल्फाबीटामा एक कार्यक्रमको आयोजना गरी वर्तमान महासचिव नविना लामालाई  भावी अध्यक्षको उम्मेदवार बनाएको छ ।

 

अध्यक्षको दाबी गरिरहेका उपाध्यक्ष ऐन महर भने महासचिवको उम्मेदवार बनेका छन् । उपाध्यक्षहरुमा रस्मी आचार्य, महेश बर्तौला, शैलेश लामा, सुनिता बरालको नाम टुंग्याएको बताइएको छ । अध्यक्ष केपी ओली पक्षबाट पोलिट्ब्यूरो सदस्य  भानुभक्त ढकालको संयोजकत्वमा गठित समितिले नविनालाई अध्यक्षको उम्मदेवार बनाउने निर्णय गरेको थियो ।

 

त्यस निर्णयलाई सार्वजनिक गरेको अनेरास्ववियुका एक सचिवालय सदस्यले जानकारी दिए । ढकालको  संयोजकतव्मा  पूर्वअध्यक्षहरु खिमलाल भट्टराई, माधव ढुंगेल र  किशोरविक्रम मल्ल सदस्य रहेको कमिटीले यस्तो निर्णय गरेको हो ।

 

माधव नेपाल पक्षबाट भने अध्यक्षका लागि दीपक गौतमको नाम पक्का भइसकेको छ । उक्त समूहबाट महासचिवको भने अझै टुंगो लागको छैन ।

१७ माघ २०७२

वि.सं.२०७२ माघ १७ आइतवार १८:४९ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...