
काठमाण्डौं । दुई महिना लामो अनुसन्धानपछि मेडिकल काउन्सिल र प्रहरीले नेपालमा कार्यरत सयौं चितिक्सकको प्रमाणपत्र नक्कली भएको पुष्टि गर्दै १२ जनालाई पक्राउ गरेकोछ ।
पहिलो चरणमा पक्राउ पर्नेमा झापाको बिएनसी अस्पतालमा रामबाबु गिरी, इटहरीको पशुपति मोडल अस्पतालका पशुपति चौधरी, विराटनगरस्थित गोल्डेन अस्पतालका मो। कमरुल हक, कोसी अञ्चल अस्पतालका तुलसीकुमार महतो, ग्लोबल अस्पताल सिरहाका मो। अहमद सिद्दिकी, जनकपुर अञ्चल अस्पतालका सन्तोषकुमार यादव छन् ।
त्यस्तै, जानकी मेडिकल हल जनकपुरका कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्स भरतपुरकी बिनिता यादव, अजित मेडिकल हल जनकपुरका भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिकका शैलेन्द्रकुमार महतो, स्वास्थ्य सेवा क्लिनिक कपिलवस्तुका अफजल हुसैन, ग्लोबल अस्पताल ग्वार्कोमा कार्यरत श्यामबाबु साह छन् ।
उनीहरू सबैले विदेशीमा एमबिबिएस पढेका हुन् । उनीहरूले अरूलाई परीक्षा दिन लगाएर लाइसेन्स परीक्षा उत्तीर्ण गरेको प्रहरीको आशंका छ ।
२४ माघ, २०७२/९.००
वि.सं.२०७२ माघ २४ आइतवार १४:२१ मा प्रकाशित