सिन्धुपाल्चोक । काठमाडौंबाट सिन्धुपाल्चोकको कात्तिके तर्फ जाँदै गरेको बा२ख ६३८७ नम्बरको यात्रु बस बराम्ची गाविसको गुह्यखोलामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृतकको सनाखत हुन सकेको छैन। प्रत्यक्षदर्शी तथा उद्धारमा खटिएका स्थानीय प्रविण श्रेष्ठका अनुसार करिब ३० जना घाइते भएका छन्। स्थानीयले उद्धार गरी उनीहरुलाई मोटरसाइकलमार्फट जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिएको छ।
प्रत्यक्षदर्शी श्रेष्ठका अनुसार बुधबार साँझ ७ बजे उकालोमा बसको सापट खुस्किएपछि ओट राख्दा राख्दै पछाडी घस्रिएर सडकबाट तल ६० मिटर तल खसेको थियो।
५ फागुन २०७२ / ७ : ५८