back
SKIP
prime bank ad

अब निर्माण र समृद्धि हुन्छ, टायर बाल्ने आन्दोलन हुँदैन : नविना लामा

Kumari bank ad

काठमाण्डौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नवनिर्वाचित अध्यक्ष नवीना लामाले विद्यार्थी आन्दोलनको गौरवमय इतिहासलाई कायम राख्दै अब पूर्णरुपमा निर्माण र समृद्धिमा जोड्ने आगामी एजेन्डा भएको बताएकी छन्।

आइतबार राति सकिएको अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजयी लामाले भनिन् “अब विद्यार्थी आन्दोलनको एजेन्डा सिङ्गो मुलुकको समृद्धि र निर्माणका लागि हुनुपर्छ, टायर बाल्ने, तोडफोड गर्ने आन्दोलनको चरण सकियो।” अध्यक्ष लामाको आफ्नो कार्यकालमा सङ्गठनको आन्तरिक एकतालाई बलियो बनाएर शैक्षिक आन्दोलनलाई अगाडि बढाउँदै लैजाने तयारी छ।

“जित एकैपटक दुवैको सम्भव थिएन, मेरो जित भयो, तर सङ्गठन चलाउन मेरा प्रतिस्पर्धी दीपक गौतमको सदा सल्लाहरसुझाव लिनेछु ।” अनेरास्ववियुको अध्यक्षमा लामा विजयी भइरहँदा उहाँका प्रतिस्पर्धी गौतमले हार्दिकतापूर्वक हात मिलाएर बधाई तथा शुभकामना दिएका थिए।

अध्यक्ष लामाले आफूले सङ्गठनमा सबैलाई समेटेर लैजाने प्रतिबद्धतासमेत व्यक्त गरिन्। अनेरास्ववियुको महिला अध्यक्ष भएको हुनाले पनि राजनीतिमा महिलालाई ५० प्रतिशत सहभागिता गराउने लामाको आगामी योजना हुनेछ। “राजनीति तथा राज्यको नीति निर्माण गर्ने तहमा ५० प्रतिशत महिलाको सहभागिताका लागि योजना बनाएर अभियानका रुपमा सञ्चालन गर्ने तयारी छ, नीतिनिर्माण गर्ने तहमै महिला नभएसम्म महिलाको पहुँच वृद्धि हुँदैन” – लामाले भनिन्।

त्यस्तै, सङ्गठनले ७० वर्षको इतिहासमा लामो सङ्घर्षपछि जारी भएको नेपालको संविधान कार्यान्वयन गराउनका लागि ‘संविधान कार्यान्वयन अभियान’ सञ्चालन गर्ने अर्को एजेन्डा रहेको भन्दै लामाले भनिन् “देशभर अनेरास्ववियुका कार्यकर्ता छन्, यो क्रियाशील र गतिशील विद्यार्थी सङ्गठन हो, ७५ वटै जिल्लामा संविधान कार्यान्वयन अभियान चलाउने योजना छ।”

विद्यार्थी सङ्गठनहरुलाई बेलाबेलामा आर्थिक अनियमितता, कम पढेका विद्यार्थी राजनीतिमा लाग्ने जस्तो आरोप लाग्ने गरेकाले आर्थिक रुपमा पारदर्शी, पढेलेखेका दक्ष तथा क्षमतावान विद्यार्थी मात्र अनेरास्ववियुमा सङ्गठित हुन्छन् भन्ने बनाउनका लागि आफू लाग्ने लामाको भनाइ छ।

अनेरास्ववियुको नेतृत्व गर्ने अध्यक्ष पदमा निर्वाचित हुने लामा दोस्रो महिला अध्यक्ष हुन्। यसअघि वर्तमान नेकपा (एमाले) केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अध्यक्षको रुपमा नेतृत्व गरेकी थिइन्। यसअघि लामाले महासचिव थिइन्। अध्यक्ष लामाले ८६५ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका प्रतिद्वन्द्वी दीपक गौतमले ६४९ मत प्राप्त गरे। अध्यक्षमा लामाले २१६ मत बढी ल्याएर विजयी भएकी हुन्।

कुल मत १५९७ रहेकामा १५१९ मत खसेको थियो। उपाध्यक्षमा रश्मी आचार्य ९७४२०, सुनिता बराल ९७२१०, महेश बर्तौला ९७८४० र शैलेश लामा ९६८२० निर्वाचित भएका छन्। उनीहरु चारै जना लामा समूहकै हुन्। गौतम समूहका उपाध्यक्षका उम्मेदवार जीवन राई ९६३२०, राधिका खतिवडा, ९६७९०, नीलकण्ठ आचार्य ९५४६० र सरोज यादव ९६३५० रहेका थिए।

महासचिवमा ऐन महर ९८३१० प्राप्त गरी विजयी भए भने प्रतिस्पर्धी अब्दुल हुसेन खाँले ६६७ मत प्राप्त गरी पराजित भए। सचिवमा आरसी लामिछाने, समिक बडाल, मकर खड्का, सुदेश पराजुली, आरती लामा, वासिम आलम र अमृत बुढा निर्वाचित भए भने कोषाध्यक्षमा झपिन्द्र खत्री निर्वाचित भए। त्यस्तै, सचिवालय सदस्यमा पनि लामा पक्षकै बहुमत रहेको छ।

सचिवालय सदस्यहरुमा उमेश आचार्य, अर्जुन अधिकारी, डम्बर अधिकारीलगायत लामा पक्षबाट विजयी भएका छन् भने गौतम पक्षबाट यशु लामा, केशरी रेग्मी, लोकश निरौलालगायत विजयी भए। अनेरास्ववियुका १७ पदाधिकारीसहित १४२ जनाको केन्द्रीय कमिटी छ। त्यसमा गौतम समूहबाट जम्मा २७ जनामात्र निर्वाचित भएका छन्। बाँकी सबै लामा समूहकै विजयी भएका हुन्। रासस

१० फागुन २०७२, ३.००

वि.सं.२०७२ फागुन १० सोमवार १५:१८ मा प्रकाशित

You can share this post!

एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने   

एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:०५

काठमाडौँ, १२ असोज : नेकपा (एकीकृत समाजवादी) ले यही असोज...

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन

वि.सं.२०८० असोज १२ शुक्रवार १४:००

काठमाडौं । गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार...

अर्थसमितिको कार्यविधि स्वीकृत   

अर्थसमितिको कार्यविधि स्वीकृत   

वि.सं.२०८० असोज १२ शुक्रवार १३:४९

काठमाडौँ, १२ असोज : अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ...

तनहुँका १३ व्यावसायिक फार्मका लागि चार करोड अनुदान   

तनहुँका १३ व्यावसायिक फार्मका लागि चार करोड अनुदान   

वि.सं.२०८० असोज १२ शुक्रवार १३:४३

दमौली, १२ असोज : तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी   

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी   

वि.सं.२०८० असोज १२ शुक्रवार १३:३९

सिबी अधिकारी काठमाडौँ, १२ असोज : नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल...

ल्हासाबाट छेन्दु पुगे  प्रधानमन्त्री दाहाल

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री दाहाल

वि.सं.२०८० असोज १२ शुक्रवार १३:२९

एकराज पाठक छेन्दु (चीन), १२ असोज : चीनको औपचारिक भ्रमणमा...