back
Kumari Bank

बाँदरले दुःख दिएपछि सरकार बिरुद्ध आन्दोलन

Nepal Bank

दोलखा । गाउँमा बाँदरले दुखःदिएपछि सुनखानी गाविसका महिला आन्दोलन गर्न सदरमुकाम चरीकोट आएका छन्।

महिलाले आपूmले बगैँचामा लगाएको फलफूलदेखि तरकारी र खेतको अन्नपात बाँदरले नष्ट पारेको बारेमा जानकारी दिई सदरमुकामका कार्यालयमा घेराउ गरेर यसको नियन्त्रणमा लागिदिन जिल्ला वन कार्यालय र जिल्ला प्रशाशन कार्यालय दोलखालाई दबाब दिएका हुन्। आफ्नो परिश्रम सबै बाँदरले खाइदिएपछि उनीहरुले आक्रोशित हुँदै बाँदर नियन्त्रणमा सहयोग गरिदन आग्रह गरेका छन्।

सुनखानी गाविस–७ की तुलसा नेपाली भन्छिन्,’बाँदरले हाम्रो सबै बालिनाली सत्यनाश पार्यो, यसका लागि सरकारले हेरिदिनु प¥यो, विभिन्न मौसम अनुसार बाली लगाउँछौँ, तर बाँदरले खान दिँदैन, कसो गर्नू, सरकारलाई भन्नु सिवाय अरु सबै गरिसक्या बाँदर लखेट्ने अन्य उपाए नभएपछि यहाँ आएका हौँ।’

जिल्ला वन कार्यालयका प्रमुख विष्णुप्रसाद भण्डारीले बाँदर नियन्त्रणका लागि वन कार्यालयले सक्ने खालको पहल गर्ने बताए। प्रमुख भण्डारी भन्छन्, ‘बाँदर मार्ने नियममा नै छैन।’

आज करिब १५० जना महिला हुल बाँधेर चरीकोट आएका थिए। भुकम्प पछाडि घर भत्किएर टहरामा बस्दै आएका स्थानीयवासी बाँदरले दःख दिएपछि झनै चिन्तामा छन्।रासस

१६ फागुृन २०७२, १.३०

वि.सं.२०७२ फागुन १६ आइतवार १३:३२ मा प्रकाशित

You can share this post!

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

वि.सं.२०८२ असार २० शुक्रवार १८:१९

काभ्रेपलाञ्चोक  : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १०...

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

वि.सं.२०८२ असार २० शुक्रवार १७:१९

कैलाली  : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै,...

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १७:१०

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स...

लागत नजिक अण्डाको मूल्य   

लागत नजिक अण्डाको मूल्य   

वि.सं.२०८२ असार २० शुक्रवार १६:५४

नारायणगढ (चितवन) : गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको...

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

वि.सं.२०८२ असार २० शुक्रवार १६:४८

वीरगञ्ज : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो...

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

वि.सं.२०८२ असार २० शुक्रवार १६:४१

काठमाडौँ : राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन्...