back
NMB ad

औषधिको चरम अभाव कायमै

Kumari bank ad

तौलिहवा । नाकाबन्दी हटे पनि कपिलवस्तुका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव कायमै छ ।

सिटामोल, आइरन चक्की, कुष्टरोग र क्षयरोगको सीमित औषधि मात्र स्वास्थ्य संस्थामा रहेको छ । त्यो पनि केही दिन मै सिद्धिदै छ । अत्यावश्यक जीवनजल, डाइजिन एन्टीबाइटीक, मेट्रो, कोट्रिन औषधि सकिएको पनि धेरै समय भयो ।

लामो समयदेखि औषधि अभाव भएका बेला स्वास्थ्य संस्थामा आपूर्ति नहुँदा सरकारी अस्पताल, प्राथमिक उपचार केन्द्र, स्वास्थ्य चौकीलगायतका सरकारी स्वास्थ्य संस्था अहिले औषधिबिहीन बनेका हुन् । स्वास्थ्य संस्थामा औषधि नहुँदा बिरामी मर्कामा परेका छन् ।

औषधि नपाएपछि उनीहरु निराश बनेर फर्कन बाध्य छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि आपुर्ति गर्ने जिल्ला स्वास्थ्य कार्यालयमा समेत औषधिको मौज्दात सकिएको छ । जसले गर्दा स्वास्थ्य संस्थामा औषधिको आपूर्तिसमेत बन्द भएको स्वास्थ्य कार्यालयको स्टोर फाटले जनाएको छ ।

लामो समयको बन्दले गर्दा केन्द्रिय र क्षेत्रीय मेडिकलले औषधिको आपूर्ति नगरेकोले जिल्लामा औषधिको चरम अभाव नहटेको स्टोरकिपर मेघनाथ खनालले बताए । बन्दले गर्दा चालु आर्थिक वर्षको औषधि खरिद सम्बन्धी टेण्डर प्रकृयासमेत ढिलो भएकोले समेत जटिलता थपिएको उनको भनाइ छ ।

औषधि नहुँदा जिल्लाका तीन सरकारी अस्पताल, दुई प्राथमिक उपचार केन्द्र, छ दर्जन बढी स्वास्थ्य चौकीमा उपचारमा समस्या आएको स्वास्थ्य कार्यालयले जनाएको छ । गर्मीको मौसम सुरु भएकाले झाडापखाला, ज्वरो, आँखाका बिरामी स्वास्थ्य संस्थामा उपचारका लागि आउने गरेका छन् ।

वि.सं.२०७२ फागुन २७ बिहीवार १३:३९ मा प्रकाशित

You can share this post!

भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल   

भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ २८ सोमवार २०:४५

काठमाडौँ, २८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट...

एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने     

एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने     

वि.सं.२०८१ जेठ २८ सोमवार २०:३७

भक्तपुर, २८ जेठ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले...

२० अर्ब ४० करोड बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत

२० अर्ब ४० करोड बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ २८ सोमवार १८:१५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ बैशाख मसान्तमा सूचीकृत...

फ्रान्सेली उत्पादन इसेन्सियल पर्फ्युमको नेपालमा प्रवर्द्धन

फ्रान्सेली उत्पादन इसेन्सियल पर्फ्युमको नेपालमा प्रवर्द्धन

वि.सं.२०८१ जेठ २८ सोमवार १७:५८

काठमाडौं । फ्रान्सको प्रसिद्ध अन्तरराष्ट्रिय ब्रान्ड इसेन्सियल पर्फ्युम पेरिसले काठमाडौंमा...

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो   

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो   

वि.सं.२०८१ जेठ २८ सोमवार १७:५१

काठमाडौँ, २८ जेठः चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य...

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि   

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि   

वि.सं.२०८१ जेठ २८ सोमवार १७:४३

काठमाडौँ, २८ जेठः गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको...