back

पर्यटन प्रबर्द्धन गर्दै ‘सोट्टो नेपाल’ रिडी–रेसुङ्गा 

Kumari bank ad

गुल्मी । लुम्विनी र आसपासका पर्यटकीय गन्तव्यको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ फार्म ट्रिपमा रहेको सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) को समूह लुम्बिनी, पाल्पा हुँदै गुल्मीको रिडी–रेसुङगा पुगेको छ ।

mayadevi lumbini

चैत ५ देखि सुरु भएको फार्म ट्रिपको शिलशिलामा पर्यटन व्यवसायी र पत्रकारहरुको समूह भैरहवाको लुम्बिनी, पाल्पाको सदरमुकाम तानसेन, गुल्मीको रिडी हुँदै अर्घाखाँचीको तम्घास पुगेको छ ।

karuwa palpa

लुम्बिनी आसपासका गन्तव्यको आन्तरिक/बाह्य पर्यटन प्रबद्र्धन र त्यस क्षेत्रका पर्यटन व्यवसायी र सरोकार पक्षलाई पर्यटनको विकास गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्दै फार्म ट्रिपमा सोट्टो स्थानीय स्तरका पर्यटन व्यवसायीहरुलाई अन्तक्रियामार्फत झकझक्याउने कार्य गरेको छ ।

IMG_5923

सोट्टोले चैत ६ गते भैरहवामा सिद्धार्थ एशोसियसन अफ ट्राभल्स टूर एजेन्ट साट्टा नेपालसँगको संयुक्त आयोजनामा अन्तक्र्रिया सम्पन्न ग¥यो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले पर्यटन प्रबद्र्धन विभाग प्रमुख सूर्य थापाले पर्यटन प्रबद्र्धन गर्न ठोसरुपमा कार्य गर्न स्थानीय पर्यटन व्यवसायीलाई अनुरोध गरेका थिए ।
IMG_5273
कार्यक्रममा सहभागीहरुले संख्यात्मक भन्दापनि गुणात्मक पर्यटक भित्र्याउने कार्यमा सबै दत्तचित्त भएर लाग्नुपर्ने धारणा राखेका थिए । तत्पश्चात् आन्तरिक पर्यटन प्रबद्र्धन अन्तर्गत उक्त समूहले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेको थियो ।

IMG_5920

लुम्बिनी आसपासका कार्यक्रम अन्तर्गत समूह त्यसपश्चात् पाल्पाको सदरमुकाम तानसेन पुग्यो । तानसेनमा होमस्टेको प्रबद्र्धन गर्दै स्थानीयसँग अन्तक्र्रिमा जुटेको थियो । चैत ७ गते समूहले तानसेन नगरपालिकामा सोट्टो नेपालसँगै होमस्टे एशोसियसन अफ नेपाल, पाल्पा र नाट्टा पाल्पाले संयुक्तरुपमा एक कार्यक्रम गरी पाल्पाका पर्यटकीय स्थलका बारेमा जानकारी लिइएको थियो ।

IMG_5745

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिविस कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पूर्व सभासदहरु, राजनीतिक दलका जिल्ला प्रतिनिधी, उद्योग वाणिज्य संघका पदाधिकारी लगायत स्थानीय पर्यटन व्यवसायी, पत्रकार र सरोकार पक्षको सहभागीता रहेको थियो । कार्यक्रममा पाल्पाका स्थानीय पर्यटन व्यवसायीहरुले ट्रिपमा सहभागी पर्यटन व्यवसायी र पत्रकारहरुलाई पाल्पाको प्रख्यात ढाकाको खादाले सम्मान गरेका थिए ।

IMG_5691

त्यसपछि फार्म ट्रिप समूह गुल्मीको रिडी पुगेको थियो । रिडीमा सयौंको संख्यामा उपस्थित स्थानीय पर्यटन व्यवसायी, सरकारी निकायका प्रतिनिधी र स्थानीय पत्रकारहरुको समूहले बाजागाजा, भजनकृतन सहित स्वागत गरेका थिए । रिडीको कालीगण्डकी नदी, शालिग्रामको अवलोकनका साथै नदी किनारमा अवस्थित हृषेश्वर मन्दिर, देवदत्त ऋषि र रुरु कन्याको मूर्तिका साथै रुरु क्षेत्रको अध्ययन अवलोकन ग¥यो ।

bas baba ridi
रिडी क्षेत्रका स्थानीय पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गर्दै टोली गुल्मीको तम्घास हुँदै चैत ८ गते सोमबार अर्घाखाँचीको सन्धिखर्क प्रस्थान गरेको छ ।

IMG_5773

यी सबै क्षेत्रका पर्यटन व्यवसायीमाझ अन्तक्र्रियामा सोट्टोका अध्यक्ष यमबहादुर खड्काले लुम्बिनी आसपासका पर्यटकीय गन्तव्यको प्रबद्र्धन र पर्यटकको बसाई लम्ब्याउने किसिमका पर्यटन प्याकेज तयारीको क्रममा आफुहरु लागिपरेको र यसमा सहकार्य गर्न स्थानीय पर्यटन व्यवसायीलाई आग्रह गरेका थिए ।

IMG_5945
चैत १० गतेसम्मको अभियान अन्तर्गत सोट्टो टीम गुल्मीको रेसुङ्गा हुँदै अर्घाखाँचीको सुपादेउराली–नरसिंह स्थान र प्यूठानको स्वर्गद्धारीसम्म पुग्ने र त्यहाँ स्थानीयसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।

karuwa palpa 1

भ्रमणले लुम्बिनी आसपासका गन्तव्य प्रबद्र्धन गर्न, बजारीकरण गर्न र पर्यटन प्याकेज निर्माणका लागि सहज हुने सोट्टो नेपालको आशा छ । सोट्टो नेपालले हरेक वर्ष आन्तरिक पर्यटन प्रबद्र्धन र गन्तव्यको बजारीकरणका लागि यस किसिमको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

शब्द : हरिशरण न्यौपाने, तस्बिर : रामेश्वर कार्की 

८ चैत २०७२ 

वि.सं.२०७२ चैत ९ मंगलवार ००:१४ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...