
मुम्बई । बेलायतको ठूलो स्टिल निर्माता कम्पनीका रुपमा परिचित भारतीय कम्पनी टाटा स्टिलले त्यहाँ रहेका सबै विजनेस युनिट बिक्री गर्ने भएको छ।
भारतीय कम्पनी टाटाले धेरै घाटा बेहोर्न परेपछि बेलायतमा रहँदै आएको दशक लामो कारोबारलाई टुंग्याउने तयारी गरेको हो। मुम्बईमा म्याराथन बोर्ड मिटिङ सकेपछि कम्पनीले आज बुधबार मात्रै यस विषयमा एउटा विज्ञप्ति जारी गरेको छ ।
टाइम्स अफ इण्डियाका अनुसार बेलायतमा रहेका उद्योगले लगातार घाटा बेहोरिरहेका कारण यस्तो निर्णय गर्नुपरेको टाटाले जनाएको छ। उत्पादनमा बढेको लगात, कमजोर बजार र चीनबाट युरोपमा बढेको निर्यातलाई दोष दिँदै कम्पनीले बेलायतमा जारी प्लान्ट अघि बढ्ने सम्भावना कम रहेको जनाएको छ।
१७ चैत २०७२, १.००
वि.सं.२०७२ चैत १७ बुधवार १३:४३ मा प्रकाशित