नयाँ दिल्ली । विश्वका शक्तिशाली एवं धनी व्यक्तिहरुले आफ्नो सम्पति लुकाउन गरेको प्रपञ्च पनामा पेपर्समा सार्वजनिक भएपछि उनीहरुलाई अप्ठेरो पर्न थालेको छ। यही लिष्टमा अहिले भारतका सुपरस्टार अमिताभ बच्चन पनि परेका छन् ।
अभितामले आफ्नो नाम यत्तिकै उछालिएको बताए पनि उनले कसरी कर छली अफसोर कम्पनीमार्फत् आफ्नो ऋण तिरे भन्ने विस्तृत विवरण भारतीय मिडियामा आइसकेको छ।
भारतीय न्युज एजेन्सी एएनआईका अनुसार पनामा पेपर्स लिक्समा नाम आएपछि उनलाई अतुल्य भारतको ब्रान्ड एम्बेसडर बनाउने निर्णय रोकिएको छ। अतुल्य भारत पर्यटकहरुलाई आकर्षित गर्न भारतीय पर्यटन मन्त्रालयले चलाएको अभियान हो। हालसम्म यो अभियानका ब्रान्ड एम्बेसडर आमिर खान थिए। उनीसँग कन्ट्र्याक्ट सकिएपछि सरकारले नयाँ अनुहार खोजिरहेको थियो। अमिताभ बच्चन लिस्टमा नम्बर वनमा थिए।
अमिताभ र प्रियङ्का चोपडाको नाम फाइनल गरिए पनि औपचारिक घोषणा गरिएको थिएन। यही बीचमा पनामा पेपर्सको कान्ड आएपछि सरकार हच्किएको हो।
७ बैशाख २०७२, १।००
वि.सं.२०७३ वैशाख ७ मंगलवार १५:४५ मा प्रकाशित