back
mega bank Ad
Hero Ad

कक्षा १२ को अङ्ग्रेजी प्रश्नपत्रमा गल्ती

काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद्ले यस वर्ष लिएको कक्षा १२ को अङ्ग्रेजी परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ। आजदेखि देशभर सुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्रमा सातभन्दा बढी ठाउँमा गल्ती भेटिएको हो।

नवोदित उच्च माध्यमिक विद्यालय सामाखुसीमा परीक्षा दिएका नेसनल स्कुल अफ साइन्स (निस्ट) कलेजका विद्यार्थी अमिर चौलागाईंले वार्षिक परीक्षाको प्रश्नपत्र गल्ती हुँदा आफूहरु अन्योलमा परेको बताए। उनले भने, प्रश्नपत्र नै गल्ती भएपछि कसरी उत्तर दिने रुू

सोही कलेजमा परीक्षा दिएका अर्का विद्यार्थी अभिषेक विष्टले देशभर भएको परीक्षाको प्रश्नपत्रमा यस्तो गल्ती हुँदा विद्यार्थीमा समस्या भएको बताउँछन्। उनले भने, हामीले त काठमाडौँबाट परीक्षा दिएका छौँ केही नबुझे सोध्न सक्छौँ तर विकट जिल्लामा परीक्षा दिनेका लागि यस्तो प्रश्नपत्रले कस्तो सन्देश देला ?

उच्च माध्यमिक विद्यालय सङ्घ ९हिसान०का काठमाडौँ जिल्ला उपाध्यक्ष तथा अङ्ग्रेजी विषयका शिक्षक राजेन्द्र अधिकारीले यस्तो प्रश्नपत्रले विद्यार्थीको मनमा डर, मानसिक समस्या उत्पन्न हुने बताउँछन्। उनले भने, देशभर सञ्चालन भएको परीक्षालाई उच्च माध्यमिक शिक्षा परीक्षाले हल्का रुपमा लिनु राम्रो होइन ।

प्रकाशितः २०७३ वैशाख २०

वि.सं.२०७३ वैशाख २० सोमवार १४:०२ मा प्रकाशित

You can share this post!

शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने

शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने

वि.सं.२०७९ कात्तिक २० आइतवार १३:२०

खोटाङ । शैक्षिक गुणस्तर सुधारका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यार्थीको...

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई

वि.सं.२०७९ असोज १८ मंगलवार ०६:४६

एजेन्सी/स्टकहोम । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे...

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनोट

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनोट

वि.सं.२०७९ असोज २ आइतवार १९:३३

लमजुङ । राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ वटा...

बाढीले डेढ करोड बालबालिका प्रभावित

बाढीले डेढ करोड बालबालिका प्रभावित

वि.सं.२०७९ असोज २ आइतवार ०८:२०

एजेन्सी । पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका...

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

वि.सं.२०७९ असोज २ आइतवार ०७:५२

नयाँ दिल्ली । विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको...

पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

वि.सं.२०७९ भदौ २४ शुक्रवार १६:३८

काठमाडौ। पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण...