back

उपत्यकामा अब ठूला बस मात्र चल्ने, साना सवारी हटाइँदै

काठमाण्डौं । सरकारले सार्वजनिक यातायातमा पुरानो नीतिगत निर्णय पुनरावलोकन गर्दै उपत्यकामा ठूला सवारी साधन मात्रै चल्न पाउने व्यवस्था गर्ने भएको छ । साना सवारी साधनका कारण यात्रीलार्इ सास्तीसँगै सडक समेत बढी ओगटेर जाम बढाएको निष्कर्ष निकाल्दै ठूला सवारी साधन मात्रै चलाउने व्यवस्था गर्न लागेको हो ।

एसियाली विकास बैंकको सहयोगमा दिगो सहरी यातायात विकास आयोजनाको ‘मास ट्रान्सपोर्टेसन’ योजना अनुसार विभागले साना सवारी साधनहरु विस्थापित गरेर ठुला सवारी साधनहरु चल्ने छुट्टै रुटको ‘पाइलटिङ’ गर्न लागेको हो ।

हाल काठमाडौंमा दस हजार ठुला तथा साना सवारी साधनहरुले अनुमति पाएको र ती मध्ये तीन सय समितिका सवारी साधन छ । उपत्यकाभरी दुई सय वटा रुटमा ती सवारी साधनहरु आवतजावत गर्छन् । विभागको काठमाडौंका सवारी साधन घटाएर तीन हजार पुर्‍याउने र रुट ६६ वटा कायम गर्ने लक्ष्य राखेको छ ।

२२ बैशाख २०७३, १२।००

वि.सं.२०७३ वैशाख २२ बुधवार १३:०२ मा प्रकाशित

You can share this post!

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

वि.सं.२०८० असोज ४ बिहीवार १७:५३

काठमाडौं । नेपाल आयल निगमले १४.२ केजीभन्दा बढी क्षमताका ग्यास...

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

वि.सं.२०८० असोज ४ बिहीवार १७:४४

काठमाडौँ, ४ असोज : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको...

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय   

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय   

वि.सं.२०८० असोज ४ बिहीवार १७:३२

अशोक घिमिरे काठमाडौँ, ४ असोज : सरकारले श्रम आप्रवासनमा देखिएका...

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड   

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड   

वि.सं.२०८० असोज ४ बिहीवार १७:२७

काठमाडौँ, ४ असोज : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

दुर्गममा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तार गर्न आग्रह

दुर्गममा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तार गर्न आग्रह

वि.सं.२०८० असोज ४ बिहीवार १७:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री...

शिक्षकहरुले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न मिल्दैन : रास्वपा

शिक्षकहरुले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न मिल्दैन : रास्वपा

वि.सं.२०८० असोज ४ बिहीवार १६:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र...