back

२०१८ ‘पर्यटन भ्रमण वर्ष’, १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

काठमाण्डौं । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि सरकारले रणनीतिक योजना अघि सारेको छ । सन् २०१८ लाई ‘पर्यटन भ्रमण वर्ष’का रुपमा घोषणा गर्दै सरकारले १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो ।
व्यवस्थापिका–संसद्मा प्रस्तुत आव २०७३/०७४ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले आगामी सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र छिमेकी मुलुकबाट बढी पर्यटक भित्र्याउन आवश्यक रणनीति तय गर्ने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास तथा १० वर्षे राष्ट्रिय रणनीतिक पर्यटन योजनाको कार्यान्वयन गर्दै छिमेकी मुलुकबाट बढी पर्यटक भित्र्याउन प्रवद्र्धनात्मक कार्यक्रमको घोषणा गरेकी छिन्
यसअघि सरकारले सन् १९९८ लाई भ्रमण वर्ष, सन् २०११ लाई नेपाल पर्यटन वर्ष घोषणा गरी विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरेको थियो । जसका कारण विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थियो । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् १९९८ मा चार लाख ६३ हजार ६८४ पर्यटक नेपाल आएका थिए । सन् २०११ मा सात लाख ३६ हजार २१५ पर्यटक आएका थिए । त्यस्तै सन् २०१२ मा सबैभन्दा बढी आठ लाख तीन हजार ९२ पर्यटक आएका थिए । सन् २०१३ मा सात लाख ९६ हजार, सन् २०१४ सात लाख ९० हजार ११८ विदेशी पर्यटक आएका थिए । अध्यागमन विभागको विवरणअनुसार सन् २०१५ मा पाँच लाख ९४ हजार ७४७ विदेशी पर्यटक आएका थिए ।
विसं २०७१ लाई आन्तरिक भ्रमण वर्षका रुपमा मनाई आन्तरिक पर्यटन प्रवद्र्धन गरी प्रत्येक प्रदेशमा कम्तीमा एक स्थललाई केन्द्रबिन्दु मानी पर्यटकीय क्षेत्र र गन्तव्यको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।त्यस्तै प्रत्येक प्रदेशमा ऐतिहासिक क्षेत्रलाई संरक्षण गर्न एक प्रदेश एक सङ्ग्रहालयको व्यवस्था गरिने जनाइएको छ ।
धार्मिक पर्यटन प्रवद्र्धन गर्न ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने नीति लिएको सरकारले पदयात्रा पर्यटन प्रवद्र्धनका लागि गन्तव्य पहिचान र पर्यटकीय सेवा विस्तार गर्ने तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन मौसमी सूचना प्रणालीको विकास गर्ने योजना छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रमा एकीकृत उद्धार केन्द्र निर्माणको कार्य सुरु गरिनेछ ।

बुद्ध जन्मेको पवित्र तीर्थस्थल लुम्बिनी, पर्यटकीय स्थल पोखरा, नेपालकै होचो भू–भाग केचना र संसारकै अग्लो बुद्धको मूर्ति स्थापना हुने दमकलाई अन्तर्राष्ट्रिय बुद्ध वृत्तसँग जोडिने योजना ल्याएको छ ।सरकारले हवाई यातायातलाई ग्रामीण तहसम्म बिस्तार गर्ने उद्देश्यसहित थप विमानस्थल निर्माण गर्ने र सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालनमा ल्याउने जनाएको छ ।

२७ बैशाख २०७३, ८.००

वि.सं.२०७३ वैशाख २७ सोमवार ११:४५ मा प्रकाशित

You can share this post!

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

वि.सं.२०८० असोज ७ आइतवार ११:५४

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी...

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

वि.सं.२०८० असोज ७ आइतवार ११:१८

बाजुरा, ७ असोज : दुई सातादेखि चामल अभाव रहेको खाद्य...

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

वि.सं.२०८० असोज ७ आइतवार ११:१४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न...

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

वि.सं.२०८० असोज ७ आइतवार ११:०७

सिर्जना राई काठमाडौँ, ७ असोज : “सोचेअनुरुप काम गर्न नसक्दा...