
सुन्दैमा निकै अनौठो तथा भयानक लाग्दछ । यो दुनियामा यस्ता मानिस पनि हुँदा रहेछन् जसले साहुसँगबाट लिएको ऋणको बदला साहुलाई नै आफ्नी श्रीमती तथा बच्चाबच्ची सुम्पिँदा रहेछन् ।
भारतको बिहारमा यस्तै घटना भएको छ । बिहारको नालन्दा जिल्लाको नारजपुर गाउँका एक युवकले गाउँकै एक साहुसँग लिएको रिन तिर्न नसकेपछि आफ्नी श्रीमती नै साहुसँग अन्माइदिएका छन् । श्रीमतीसँगै बच्चा पनि साहुलाई उपहार दिएका छन् उनले ।
समाचार अनुसार हिमांसु प्रसाद सुमन नामका ती युवकले फोटो स्टुडियो खोल्नका लागि गाउँकै साहु सावन कुमारसँग चार लाख भारु ऋण लिएका रहेछन् । ऋण लिएपछि सुमनले एकजना केटीसँग प्रेम गरे र पछि बिहे पनि गरे ।
लभको चक्कर तथा बिहेपछि उनले जुन कामका लागि रिन लिएको हो त्यो काम गर्नुभन्दा ऐश आराममा पैसा उडाए । जसका कारण उनले ऋणको ब्याज पनि तिर्न सकेनन् र ऋण बढ्दै गयो ।
जब साहु सावन कुमारले आफ्नो पैसा तिर्नका लागि हिमांसुलाई आग्रह गरे तब उनले अनौठो प्रस्ताव राखे । हिमांसुले आफुले पैसा तिर्न नसक्ने बरु पैसाको बदलामा श्रीमती र बच्चा दिने प्रस्ताव राखे । अनौठो त के भयो भने सावन कुमारले पनि ऋणीकी श्रीमती र बच्चा बेहोर्न मन्जुरी जनाए ।
प्रकाशितः २०७३ वैशाख २७
वि.सं.२०७३ वैशाख २७ सोमवार १२:१६ मा प्रकाशित