back

१४ सय एटिएमबाट तीन घन्टामा डेढ अर्ब चोरी

पछिल्लो समय संसारभरि एटिएम कार्ड प्रयोगको प्रचलन बढेको छ। सरकारी तथा निजी कमर्सियल बैंकहरूले एटिएम शाखाको सञ्जाल विस्तारलाई जोड दिँदै आएका छन्।

एटिएमबाट रकम झिक्ने काम सबैभन्दा सुरक्षित मानिन्छ । तर, गत १४ मेमा जापानको टोकियो सहरमा १४ सय एटिएमबाट तीन घन्टाभित्र १।४४ बिलियन जापानिज येन ९एक अर्ब ४४ करोड नेपाली रुपैयाँ० चोरी भएको खबर एजेन्सीलाई उद्धृत गर्दै आजको नयाँ पत्रिकामा छापिएको छ।

सयजना व्यक्ति सम्मिलित एक समूहले निकै चलाखीपूर्ण तरिकाले एटिएमहरूबाट रकम निकालेको जापानिज प्रहरीले खुलासा गरेको छ।

चोरीमा इन्टरपोलका ‘मोस्ट वान्टेड’ पनि

एटिएमबाट रकम चोरी गर्नेमा रोमानियाली नागरिक पनि छन् । जापानिज प्रहरीले ती व्यक्तिको नाम गोप्य राखेको छ । उनी इन्टरपोलको मोस्ट वान्टेड सूचीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनी पैसा चोरी गर्नेका नेता भएको दाबी गरेको छ।

 सबै घटना टोकियोमै

सो समूहले टोकियो सहरको लगभग सबै एटिएमबाट रकम झिकेको जनाइएको छ । तीन घन्टाको अवधिमा उनीहरूले ‘मास्टर प्लान’ बनाएरै एटिएमबाट रकम झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । टोकियोको कानागावा, आइची, ओसाका, फुकुओकामा रहेका एटिएमबाट त्यति धेरै रकम झिकेको प्रहरीले बताएको छ । गिरोहले आइतबारको दिन रोजेको हो । त्यस दिन अधिकांश बैंक बन्द थिए ।

 चोरीकार्यमा बैंकका कर्मचारीको संलग्नता रहेको आशंका

प्रहरीले बैंकका केही अधिकारी पनि ती समूहसँग मिलेको आशंका गरेको छ। ‘हाम्रै बैंकका पदाधिकारीको सहयोगविना ठूलो परिमाणमा एटिएमबाट रकम झिक्न मुस्किल छ, यस घटनामा केही बैंकका पदाधिकारीको पनि हात रहेको देखिन्छ,’ टोकियो प्रहरीका प्रवक्ताले भने ।

प्रकाशितः २०७३ जेठ ११

वि.सं.२०७३ जेठ ११ मंगलवार १०:१५ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...