
काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले जेठ २३ गतेदेखि साधारण शेयर निष्काशन गर्ने भएको छ । बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले एक सय रुपैयाँ अंकित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर २३ गतेदेखि निष्काशन गर्ने भएको हो ।
साधारणशेयर निष्काशनका लागि बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । ३ साता अघि धितोपत्र बोर्डबाट शेयर निष्काशनको स्वीकृति पाएको बैंकले ४ करोड ५० लाख रुपैंया बराबरको ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
बागलुङमा मुख्य कार्यालय रहि बाग्लुङ, म्याग्दी र कास्की गरी ३ जिल्लामा सेवा दिंदै आएको बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि साधारण शेयर निष्काशन गर्न लागेको हो । आवेदकले न्युनतम ५० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदकले आवेदन दिन सक्नेछन्
प्रकाशितः२०७३ जेठ १५
वि.सं.२०७३ जेठ १५ शनिवार १६:०१ मा प्रकाशित