back
NMB ad

भोटेकोशी पीडितले क्षतिपूर्ति नपाए सिंहदरवार घेर्ने

Kumari bank ad

 काठमाडौं । आफ्नो समस्यालाई वेलैमा सम्वोधन नगरेर सिहदरवार घेराउ गरेर भएपनि शसक्त दवाव दिने भोटेकोशी बाढी पीडितहरुले योजना वनाएकाछन् ।

आईतवार काठमाण्डौको तीनकुने भेला भएका पीडितहरुले तातोपानी नाका खोल्ने र अरनिको राजमार्ग मर्मतको काम संगै पीडितहरुलाई क्षति पूर्तिको ब्यवस्था गरिनुपर्ने माग राखेकाछन् । काठमाडौं आईपुगेका पीडितहरुले बिभिन्न राजनीतिक दलका नेताहरुलाई प्रतिवद्धता समेत गराएकाछन् । भर्खरै भोटेकोशीमा आएको बाढीले ८० भनदा बढी पक्की घर भत्काएर नदीमा लगे पनि सरकारी तवर वाट खास्सै पहल नभएकोमा दुख ब्यक्त गरेकाछन् । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अगुवाईमा भएको एक साक्षात्कार कार्यक्रममा पीडितहरुको गुनासो सिहदरवारसम्म लैजाने उदेश्यका साथ यो कार्यक्रम आयोजना संघका अध्यक्ष कमलकुमार श्रेष्ठले बताए । तातोपानी नाका हुदै दैनिक अरवौंको ब्यपार हुने भएपनि हाल अरनिको राजमार्ग बाढीले बगाएपनि रोकिएको ब्यापारले हजारौ मानिसहरु वेरोजगार भएको उनीहरुको गुनासो थियो ।

यस क्षेत्रमा भएको यति ठूलो क्षतिका वारेमा राज्य अझै वेखवर जस्तै रहेका र सम्वोधनको पहल नभएको गुनासो गर्दै गातीका निमफुञ्जो शेर्पाले यस्तै अवस्था रहे सिंहदरवार घेरेर भएपनि क्षतिपूर्तिका लागि पहल गर्ने बताए । जुरे पहिरो, महाभुकम्प र भोटकोशी बाढीले सिन्धुपाल्चोकलाई लथालिङ्ग तुल्याएपनि सरकारी निकायले चासो नराखेको पीडितहरुको भनाई छ । नेपाल हिमालय सिमापार बाणिज्य संघका अध्यक्ष बिष्णुवहादुर खत्रीले नीजी क्षेले केही चासो राखे पनि सरकारी निकायले राहत र क्षतिपूर्तिका सवालमा ध्यान नदिएकोमा चिन्ता ब्यक्त गरे ।

चीनको तिब्बत क्षेत्रमा आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी,लिस्ती,मार्विन,फुल्पिङकटी,गातीलगायतका क्षेत्रका पक्की घरहरु र अरनिको राजमार्गको बाह्रवीसे तातोपानी खण्डको २५ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ । सो क्षेत्र बिद्युत, टेलिफोनलगायतका सुबिधा पूर्ण रुपमा बञ्चित भएकाछन् ।

२ साउन २०७३

वि.सं.२०७३ साउन २ आइतवार १४:१३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...