
काठमाडौ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सुर्योदय लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणका लागि निष्काशन गरेको १ लाख २० हजार कित्ता साधारण शेयर बाँडफाँड गरेको छ । निष्काशन भएको शेयर संख्याको हाराहारीमा नै शेयर आवेदक भएका कारण थोरै मात्र आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बिहीबार सबै आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो ।
लघुवित्तको शेयरका लागि कुल १ लाख ९ हजार ७ सय १४ आवेदन परेकोमा १० हजार ९ सय २० आवेदकले मात्र शेयर पाएका छन् । कुल आवेदक मध्ये १ हजार ८ सय ३२ आवेदन रद्ध भएका थिए । ८ म्युचुअल फण्ड र १ सय ६ जना कर्मचारीलाई सहित गरेर १० हजार ९ सय २० आवेदकले शेयर पाएका हुन् ।
गत भदौ १२ गते निष्काशन भएर भदौ १५ गते निष्काशन बन्द भएको शेयर ५० औं दिनका दिन बाँडफाँड भएको हो ।
प्रकाशित मितिः २०७३ कार्तिक ४
वि.सं.२०७३ कात्तिक ४ बिहीवार १८:२५ मा प्रकाशित